आउँदो आइतबार बाणगंगामा सार्वजनिक विदा दिने निर्णय

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आउँदो आइतबार नगरपालिकामा सार्वजनिक विदा दिएको छ ।

आज एक सूचना जारी गर्दै नगरपालिकाले आइतबार २७ भदौमा बड्की आइतबार पर्व परकाले बाणगंगा नगरपालिकाको भदौ २५ गतेको बैठकको निर्णय अनुसार नगरक्षेत्र भरि सार्वजनिक विदा दिने निर्णय गरेको जनाइएको छ ।

बड्की आइतबारी पर्व विशेष गरी थारु समुदायले मनाउने पर्व भए पनि बाणगंगा नगरपालिका थारु समुदायको बाहुल्य नगरपालिका पनि हो । सो पर्वका अवसरमा नगरपालिकाले नगर भित्रका सबै वडा कार्यालय, नगरकार्यपालिकाको कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदाको घोषणा गरेको हो ।

प्रतिक्रिया

खबर सबै