

१०८ औं वि.पि . जयन्तिको अवसरमा नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ कपिलवस्तुद्वारा बिपन्नलाइ सहयोग



राधा पाण्डे/कपिलवस्तु
१०८ औं वि.पि . जयन्तिको अवसरमा नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले कार्यक्रमको आयोजना गरि मनाएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि बिपिले ल्याएको समाजबादको सिद्धान्तलाई आत्मसात गर्दै अभियानकै रूपमा हिडेको संघले अति बिपन्न रुखबाट लडेर अपांग भएका रामप्रसाद थारुको परिवारलाइ कार्यक्रमका बिच खाद्यान्न, शैक्षिक सामग्री लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको छ ।
बिगतका दिनहरुमा पनि उल्लेखनीय कार्य गर्दै आइरहेको नेपाली कङ्ग्रेसको भातृ संगठनले सराहनीय कार्यलाई निरन्तरता दिदै आइरहेको छ ।
गरिब तथा बिपन्नहरुका लागि सहयोग गर्नुपर्छ भन्ने उद्देश्य बोकेर हिडेको संगठनले ३७ वर्षका थारुको परिवारलाई चामल, दाल, नुन, तेल,पिठो साथै शैक्षिक सामग्रीहरु र आर्थिक सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । कार्यक्रममा तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, वाणगङगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष तिलक थापा, नेपाली कङ्ग्रेशका नेता सुर्य बराल, नेबि संघ नेता दिनेश क्षेत्री, सरोज सेन लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।
नेता सुर्य बरालको विशेष सहयोग रहेको कार्यक्रमको संचालन ने. वि. संघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोखरेलले गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया