
सकसमा संसद् : सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो

रकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख सापकोटाले बीच–बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे। तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्यो।
सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउन ‘भूमिका’ खेलेको भन्दै एमालेले अवरोध गरेको हो। विगतमा सरकारकाविरुद्ध विपक्षीले अवरोध गर्ने संसदीय चलन र परम्परा थियो। तर, एमालेले सभामुखको ‘तटस्थ र निष्पक्ष’ भूमिकामाथि प्रश्न उठाउंदै अवरोध गर्यो। संसदमा सभामुखको आचरण वा निर्णयको आलोचना गर्न नपाइने प्रतिनिधिसभा नियमावलीको नियमतर्फ सभामुखले पटक—पटक ध्यानाकर्षण गराए। तर, एमालेले सुनेन।
एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदको पद रिक्त नगरी अर्को दल गठन गर्न सभामुख सापकोटाले भूमिका खेलेको एमालेको आरोप छ। एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो।
तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो। १४ जना सांसदमाथिको कारबाही टुंगो नलागेसम्म संसद् चल्न नसक्ने भन्दै एमालेले राष्ट्रियसभा पनि अवरोध गर्यो।
प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले सांसदहरू उठेर विरोध जनाए। सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए। भट्टराईले बैठक सञ्चालन गर्न नदिने बताए। ‘कसैलाई १८ घण्टामा कारबाही गर्ने र कसैलाई २४ घण्टामा गर्ने ? त्यो नियम एमालेमाथि किन लागू भएन ? सभामुखले समानता पूर्ण व्यवहार गर्ने हो कि होइन ? उनले भने, ‘सभामुखसँगै निर्वाचन आयोग पनि एमाले टुक्राउन नियोजित रूपमा लाग्यो।’
सापकोटाले ‘तपाईंहरूका मागप्रति ध्यानाकर्षण भयो, अब सदन सुचारु गर्न सहयोग गर्नुहोस्’ भनेर आग्रह गरे लगत्तै एमाले रोष्टम पसेर नारावाजीमामा उत्रियो।
याे समाचारअन्नपूर्णपाेस्ट छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया