मनको साथी प्रतिष्ठान विपन्न बालबालिकाको साहारा बन्दै

भलवाड ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मनको साथी प्रतिष्ठान पछिल्लो समय विपन्न परिवारका बालवालिकाको साहारा बन्दै गएको छ । अभिभावकविहिन तथा आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन पुगेका बालवालिकाहरुलाई प्रतिष्ठानका सदस्यहरुको आर्थिक सहयोगमा अहिले उनीहरुको वार्षिक शैक्षिक खर्च जुटाइरहेको छ भने उनीहरुलाई शैक्षिक सामग्री खरिदमा सहयोग हुने हेतुका साथ काम पनि गरिरहेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा प्रदेशमा रहि आफ्नो गाँस काटेर विभिन्न व्यक्तिहरुबाट प्राप्त रकम प्रतिष्ठानले बाणगंगा नगरपालिकाका विभिन्न वडामा रहेका विपन्न बालवालिकालाई प्रदान गरिरहेको छ ।

जापान रेणु रायमाझिको सहयोगमा प्रतिस्ठान भलवाड मार्फत वाणगंगा ९ भलवाड स्थित गौडि टोल बस्ने दिल बहादुर सुनार बिगत ७ बर्षदेखि बेपत्ता भएका परिवारका दिपिका सुनार र आयुष सुनारलाई शैक्षिक खर्च स्वरुप सुनार परिवारलाई १० हजार प्रदान गरिएको छ भने वडा नम्बर ९ बर्दहवा टोलमा बस्ने बाबुआमा गुमाएका बिपना बोटि र शिशिर बोटिलाई शैक्षिक खर्च स्वरुप समान दश दश हजार सहयोग गरिएको प्रतिष्ठानका संयोजक प्रेम पाण्डेले जानकारी दिनुभयो । यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ५ कोपवा बस्ने अभिभावकविहिन बालबालिका सलिना क्षेत्री र केमस क्षेत्रीको वार्षिक शैक्षिक खर्चका लागि भन्दै प्रतिष्ठानले २० हजार रकम सहयोग प्रदान गरेको छ ।

वडा अध्यक्ष धुर्ब बेल्बासे सँगै मनको साथी प्रतिस्ठान भलवाडका संयोजक प्रेम पान्डे , समाजसेवि धुर्ब रायमाझी लगाएतको उपस्थितिमा सो रकम पछिल्लो दुई सातामा हस्तान्त्रण गरिएको हो ।

प्राकृतिक दैबी प्रकोपमा परी बिपदमा परेका परिवार , घर परिवारबाट अपहेलित एवम विपन्न बालबालिका ,अशक्त असहाय ,बाबुआमा गुमाएका टुहुरा बालबालिकालाई मनको साथी प्रतिस्थानबाट मानवीय सहयोग प्रदान गरिदै आएको प्रतिस्थानका संयोजक पान्डेले वताए ।

वैदेशिक रोजगारीमा रहेर नेपालमा त्यस्ता परिवार र सदस्यहरुलाई सहयोग पु¥याउने उद्धेश्यका साथ संस्थाका सदस्यहरुले काम गरिरहेका छन । यस अघि पनि यो संस्थाले विभिन्न जिल्ला तथा स्थानका विपन्न परिवारलाई कोरोना महामारीका बिचमा आर्थिक तथा खाद्यान्न सहयोग प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया

खबर सबै