जिल्ला प्रशासन कार्यालय अर्घाखाँची देशभरबाट ए प्लस ग्रेडमा पर्न सफल

अर्घाखाँची ।
अर्घाखाँची जिल्ला प्रशासन कार्यालय देशभरका ७७ वटै जिल्लामध्ये अति उत्कृष्ट कार्यसम्पादन सहित प्रथम बन्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अर्घाखाँची जिल्ला प्रशासन उत्कृष्ट बन्न सफल भएको हो ।
अर्घाखाँची प्रशासनले कार्यसम्पादन मुल्याङ्कनमा ए प्लस ग्रेडमा पर्न सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
उहाका अनुसार गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७७÷७८ को कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।

प्रतिक्रिया

खबर सबै