कोरोना महामारीमा स्वास्थ्य सुधार योजनाका लागि तालिम प्रदान

रामु यादव,कपिलवस्तु ।

कपिलवस्तु को मायादेवी गाउँ पालिकाको आयोजना, सन साइन समाजिक किकास संस्था सँगको सहकार्य तथा समन्वय तथा यूएमएन अष्ट्रेलियन एडको प्राबिधिक सहयोगमा कोभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियोजना अन्तर्गत सङ्कर्मित खोज पड्ताल पहिचान तथा जनचेतना सम्बन्ध मा कोरोना प्रतिकार्य समूह लाई सिआईसीटी सम्बन्धि १दिने तालिम मायादेवी गाउँ पालिकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा कोभिड १९ महामारी को बिषय बस्तु तथा सिआईसीटी को उद्धेश्य,भुमिका र बिषयबस्तु बारे प्रस्तुतिकरण भएको थियो।

कार्यक्रममा गाउँपालिकामा खोजपड्ताल न्यून रहेको र तालिम को आवश्यकता महसुस भएर कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
केश अनुसन्धान तथा सम्पर्क खोज पडताल टिमको क्षमता अभिवृद्धि गरी कन्ट्याक्ट् ट्रेसिङ्को दायरामा वृद्धि गर्ने नै कार्यक्रम को मुख्य उद्धेश्य रहेको सनशाइन समाजिक विकास संस्थाका सहजकर्ता एलिसा देवले बताउनुभयो ।

विगतको दिनमा कोभिड १९ को महामारीको कारण समस्याहरू भएका र सोचे जस्तो व्यवस्थापन गर्न नसकिएकाले यो कार्यक्रम समय सापेक्ष हुन सक्ने वक्ताले बताए।

कोभिडमा अग्रपंंतीमा खटिने कर्मचारीहरुको लागि व्यक्तिगत सुरक्षा सावधानीमा सहजता बनाउन, समस्या व्यवस्थापनमा प्राविधिक कठिनाई लगायतले गर्दा भएका चुनौतीलाई आगामी दिनमा समाधान गर्दै अबको दिनमा प्रभावकारी केश पहिचान तथा व्यवस्थापन गर्न यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ ।

कोरोनामा काम गर्ने टोली लाई आवश्यक स्वास्थ्य समाग्री समयमा उपलब्ध गराउने प्रेरक पक्षका कुराहरू लाई सुनिश्चितता गर्ने, प्राविधिक सहयोग चाहिएमा सहयोगी संस्था संग समन्वय गर्ने, महिनाको प्रत्येक पहिलो हप्तामा कोरोना सङ्क्रमित पहिचान तथा सम्पर्क पहिचान टिमको अध्यात्मिक गर्ने, सम्बन्धित सरकारवालाको ध्यान आकर्षण समय समयमा बैठक बस्ने साथै समाधानका पक्षलाई निरन्तरता दिने कार्यमा सहकार्य गर्ने, गैर संस्था एसएस डिओ÷यूएमएन मार्फत कार्ययोजना तयार पारी भविष्यमा यस्ता प्राविधिक सहयोग र सहकार्य गर्न तत्पर रहेको कार्यक्रम संयोजक एलिसा देवले बताउनुभयो ।

तालिममा मायादेवी गाउँ पालिका का स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव,सङ्क्रमित खोज पडताल पहिचान समिति का संयोजक बिश्व नाथ ठाकुर, स्वास्थ कार्यालयको प्रशिक्षक,यु एम एन परियोजना व्यवस्थापक सन्जु गौतम लगायतको उपस्थित रहेको सनशाइन समाजिक विकास संस्था को फिल्ड कोर्डिनेटर हेमराज चौधरीले बताए।

प्रतिक्रिया

खबर सबै