

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा एमसीसी सम्झौता विरुद्ध बिरोध



राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा एमसीसी सम्झौता विरुद्ध बिरोध
रिसव आचार्य कपिलवस्तु । राष्ट्रिय जनमोर्चा को देश व्यापी एमसीसी सम्झौता विरुद्ध बिरोध सभा गर्ने घोषित कार्यक्रम अन्तर्गत कपिलवस्तुले आज जिल्लाको सदरमुकाम तौलिहवा र पश्चिम विजयनगर गाउँपालिका मा राष्ट्रघाती सम्झौता भन्दै बिरोध सभा सम्पन्न गरेको छ ।
जिल्ला को सदरमुकाम तौलिहवा मा भएको बिरोध सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक, शशी सापकोटा ले सम्बोधन गर्नु भएको थियो भने सन्चालन राजमो जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले गर्नु भएको थियोे । यसै गरी जिल्ला को पश्चिम भारत को सीमा सँग जोडिएको विजयनगर गाउँपालिका मा पनि एमसीसी सम्झौता विरुद्ध बिरोध सभा सम्पन्न गरेको छ।राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका का अध्यक्ष गोपाल सुनार को अध्यक्षता, र रक्तिम सांस्कृतिक अभियान शिव राज का अध्यक्ष बेगम बुढा को सञ्चालन मा भएको कार्यक्रम लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथाअखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदै ले सम्बोधन गर्नु भएको थियो।
वक्ता हरुले, mcc सम्झौता नेपालको कानुन भन्दा माथि हुने, सेना सहित आउने, नेपाल सरकार को समेत कुनै हात नहुने, तत्कालीन अवस्था मा आर्थिक सहयोग को नाम मा अमेरीकि सेना , नेपालमा घुस्न चाहेको , इन्डो प्यासिफिक रणनीति अन्तर्गत चीनलाई घेर्ने रणनीति भएको , नेपाल लाई अस्थिर बनाउने, चीन र अमेरिकाको युद्ध मा नेपाल रणभूमि हुने भएको ले यो सम्झौता को विरुद्ध संघर्ष गर्नु परेको बताए, साथै सम्पूर्ण देशभक्त जन समुदाय लाई राष्ट्रघाती mcc सम्झौता खारेज गर्न , आन्दोलन मा सरिक हुन, अपिल गरिका थियो ।साथै राष्ट्रिय जनमोर्चा ले आज देश व्यापि रुपमा बिरोध सभा सम्पन्न गरेको राष्ट्रिय जनमोर्चा का बिद्यार्थी नेता रिसव आचार्य ले जानकारी दिनुभएको थियोे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया