

भलवाडका विपन्न परिवारलाई किट व्याग प्रदान



भलवाड ।
कोरोना महामारिका बेला आर्थिक रुपमा विपन्न रहेका परिवारलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य सामग्री सहितको किट ब्याक वितरण गरिएको छ ।
कपिलवस्तु स्थित सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा दैनिक प्रयोगमा आउने सामग्री सहित विभिन्न स्वास्थ्य उपकरण र सामग्रीहरु सहितको किट व्याग शनिबार भलवाडका सात वटा विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रतिनिधि बाबुराम रायमाझी सँगै मनको साथी प्रतिष्ठानका संयोजक प्रेमनारायण पाण्डे लगाएतकोे उपस्थितिमा विपन्न, एकल महिला, अपाङ्गता भएका परिवार गरी सात परिवारलाई सो सामग्री हस्तान्त्रण गरिएको हो ।
समुदायका अति विपन्न अवस्थामा रहेका परिवारका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रले उपलब्ध गराएको सो सामग्री वडा नम्बर ९ का चुरामणी पाण्डे, लालबहादुर खत्री, गौतम महत क्षेत्री, चन्द्रा परियार, आशा थारु, फनिदेवी खड्का र सुन्तली कुमाललाई हस्तान्त्रण गरिएको संस्थाका प्रतिनिधि बाबुराम रायमाझीले बताए । उनीहरुका लागि कोभिड सुरक्षार्थ मास्क, स्यानिटाइजर, सहित डिजिटल थर्माेमिटर, झुल, तुथब्रस, नेल कटर, स्यनिटरी प्याड, प्यारासिटामोल, लगाएतका १७ किसिमका सामग्री प्रदान गरिएको रायमाझीले बताएका छन् ।
विशेष गरी समुदायमा आर्थिक रुपमा कमजोर अवस्थामा रहेका र कोरोना महामारिका बेला सो वर्ग नै बढी समस्यामा पर्ने गरेका कारण सिद्धार्थ सामाजिक विकास संस्थाले सो वर्गका परिवारका महिला र पुरुष सदस्यले प्रयोग गर्ने सक्ने गरी छुट्टाछुट्टै किट व्याग प्रदान गरेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया