

ओली सरकाको लोकप्रियता देखेर विपक्षी दलहरुले घेराबन्दीमा पारे : सुमन पुरी



कपिलवस्तु ।
केपि ओली सरकारले गरेको राम्रा कामको प्रचार युवा वर्गले गर्नुपर्ने राष्ट्यि युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले बताउनुभएको छ । उहाले २० वर्ष सम्म हुन नसकेको विकास केपी ओली सरकारले ३ बर्षमा पुरा गरेको बताउनुभयो । ओली सरकारले तिब्र गतिमा गरेको विकासका कामलाई देखेर, ओली सरकाको लोकप्रियता देखेर विपक्षी दलहरुले घेराबन्दीमा पारेको बताउनुभयो । राष्ट्यि युवा संघ नेपाल बाणगंगा नगरस्तरिय भेला तथा अधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले अब निर्वाचनमा फेरी नेकपा एमाले बहुमत स्थानमा जित्ने दाबी गर्दै त्यसका लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सहइन्र्चाज गिरीधारीलाल न्यौपानेले विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ५ गठबन्धनको भिडमा अब एमाले एक्लै लाड्ने र त्यो भिडलाई एक्लैले परास्त गर्ने बताउनुभयो । उहाले विदेशी शक्तिको आडमा नेकपा एमालेलाई फुटाएको औल्याउनुभयो । दुईतिहाईको बहुमत सरकारलाई गिराएर ५ गठबन्धन दलले नेपाली जनताको सपनामाथी कुठाराघाट गरेको बताउनुभयो ।
यस्तै कार्यक्रममा राष्ट्यि युवा सघं नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले ओली सरकारले देशमा गरेको विकासका कारण नै देशभरी नेकपा एमाले र युवा संघमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभयो । उहाले बाणगंगामा यूवाहरुको यति ठूलो उत्साह देख्दा सिंगो पार्टी पक्ति उत्साहित भएको वताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं प्रदेश कार्यालय सचिव बलराम अधिकारीले बोल्दै नेकपा एमाले सरकारलाई गिराउन देशि विदेशी शक्तिको आडमा विभिन्न सडयन्त्र रचेको बताउनुभयो । तर नेपाली जनतामा एमाले प्रतिको विश्वासले गर्दा विपक्षीको विभिन्न सडयन्त्रका बाबजुद केही गर्न नसकेको औल्याउनुभयो ।
एमाले नेता सांसद विष्णु पन्थीले बोल्दै एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास आसा , भरोसा नगुमाएकाले फेरी पनि चुनाववाट एमाले जित्ने बताउनुभयो । उहाले बालबालिकालाई शिक्षा, स्वास्थ्य र युवाहरुलाई रोजगार प्रदान गर्न नेकपा एमालेको सरकार बने मात्र सम्भव रहेको औल्याउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आगामी चुनावमा एमालेलाई सत्तासिन तुल्याउन यूवापंक्ति जुरमुराएको दावि गर्नु भयो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इ्न्र्चाज चक्रपाणी अर्याल बाणगंगाको भविष्यका निम्ती एमालेले फेरी पनि जित्नुपर्ने बताउनुभयो । राष्ट्यि युवा सघं कपिलबस्तुका अध्यक्ष विजय कुंवरको अध्यक्ष , राष्ट्यि युवा सघं नगर सचिव हरिशंकर पौडेल संचालन तथा जिल्ला सचिव एस पि सुवेदीको संचालनमा सम्पन्न भएको हो ।
यसैविच नगर अधिवेशनले कमल क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरिएको छ । जसको उपाध्यक्षमा कमल घिमिरे, सचिवमा महेन्द्र गिरी, सहसचिवमा प्रियंका थारु, कोषाध्यक्षमा सुवास पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तेजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया