कांग्रेसको महाधिवेशन : कपिलवस्तुमा अझै अनिश्चित

कपिलवस्तु ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभरका ५६ जिल्लाको क्रियाशिल सदस्यताको टुङ्गो लागे सँगै ३७ वटा जिल्लामा वडा अधिवेशन भएको छ । पार्टीभित्रको क्रियाशिल सदस्यताको विवाद समाधन भएका जिल्लामा पहिलो चरणमा अधिवेशन भएको हो ।

यता लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नवलपरासी पश्चिम, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा र रुकुम पूर्वमा शुक्रबार वडा अधिवेशन सम्पन्न भएको हो । लुम्बिनीका अधिकांश स्थानका वडाहरुमा सर्वसम्मत रुपमा कांग्रेसले नेतृत्व चयन गरेको छ ।

रुपन्देहीको बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । त्यस्तै अर्घाखाँची र रुपन्देहीका अधिकांश वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेसले जनाएको छ ।

पाल्पामा शुक्रबार नै वडा अधिवेशन हुने भनिए पनि निर्वाचन अधिकृत नआएको र केही वडाको क्रियाशील सदस्यता अझै नटुङ्गिएकाले अधिवेशन रोकिएको छ । पाल्पामा भदौ २१ गते वडा अधिवेशन गर्ने जनाइएको छ ।

प्यूठान र दाङमा भदौ २२ मा वडा अधिवेशन हुनेछ भने रोल्पामा भदौ २३ गतेका लागि वडा अधिवेशनको मिति तय भएको छ ।

यता कपिलवस्तु सहित बाँके र बर्दिया जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ भने यी जिल्लामा क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक भएपछि अधिवेशनको टुङ्गो लाग्ने छ । नामावली सार्वजनिक हुन बाँकीरहेका ३ जिल्लाको १–२ दिनमा नामावली सार्वजनिक हुने कांग्रेस नेताहरु बताउँछन् ।

यता कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको जिल्ला सभापतिमा झण्डै आधादर्जन बढी नेताहरु उमेद्धारी दिने तयारीमा छन भने वडा सभापतिका लागि पनि नेताहरुको कसरत चलिरहेको छ । संस्थापन पक्ष र संस्थापन इतर पक्षका नेताहरुले आफुले जिल्ला सभापति पाउनुपर्ने दावी गरिरहेका छन् ।

जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई कांग्रेसको विधानले यस पटक सभापतिमा दोहोरीन नदिने भए पछि पूर्व सभापति भईसकेका नेताहरु देखि अन्य नेताहरुले पनि सभापतिमा उमेद्धारी दिने तयारी गरेको बताएका छन् । आफुले यस अघिका उमेद्धारहरुलाई समर्थन गर्दै आएको भन्दै कांग्रेस नेता लोकनाथ शर्मा पौडेलले आफुले जिल्ला सभापतिमा उमेद्धारी दिने बताएका छन् । यस्तै पूर्व सभापति समेत भएका नेता राजेश आचार्यले पनि उमेद्धारी दिने बताएका छन् भने पूर्व सभापति सुधाकर पाण्डेयले पनि जिल्ला सभापति पदमा आफ्नो उमेद्धारी रहने बताउँदै आएका छन् । त्यस्तै कांग्रेस जिल्ला प्रवक्ता रहेको नेता विरेन्द्र मिश्र, नेता अब्दुल कलमा, दुर्गा सेन लगाएतका झण्डै आधा दर्जन नेताहरु जिल्ला सभापतिको रुपमा आफ्नो उमेद्धारीको तयारी गरेका छन् । सके सम्म सहमतिको प्रयास जारी राखिएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

त्यस्तै वडाको अधिवेशनका लागि कतिपय वडामा सहमति भईसकेको छ भने अधिकांश वडामा निर्वाचन हुने देखिएको छ । कांग्रेस प्रवक्ता विरेन्द्र मिश्रका अनुसार जिल्लाका कुल ९६ वटा वडामा वडा सभापतिका आकांक्षिहरुले आ आफ्नो दावी गरिरहेका छन् । शनिबार साँझ सम्म क्रियाशिल सदस्यको नामावली सार्वजनिक हुने अपेक्षा रहेको प्रवक्ता मिश्रले बताए । कपिलवस्तुमा अधिवेशनको मिति अझै तोकिएको छैन । यद्यपी दक्षिणको तुलनामा उत्तरमा वडा देखि क्षेत्र र जिल्लाको सभापति पदमा उमेद्धारी दिनेहरुको नाम धेरै आएको छ ।

उता पाल्पामा शुक्रबार नै वडा अधिवेशन हुने भनिए पनि निर्वाचन अधिकृत नआएको र केही वडाको क्रियाशील सदस्यता अझै नटुङ्गिएकाले अधिवेशन रोकिएको छ । यो समाचार तयार पार्दा सम्म पाल्पामा भदौ २१ गते वडा अधिवेशन गर्ने जनाइएको छ । नेपाली कांग्रेसको गाउँ÷नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ ।

प्रतिक्रिया

खबर सबै