काठमाडौंमा विद्यालय सञ्चालनको तयारी

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् ।

पत्रपत्रिकाबाट

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न सकिने जनाएको छ ।

महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले अझै एक–दुई दिन कोरोनाको जोखिमको अवस्था हेरेर विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न सकिने बताउनु भयो ।

‘हामीले अझै एक–दुई दिन महानगरमा कोरोना संक्रमण कम भए–नभएको हेर्छौं । यदि संक्रमणमा कमी आए आगामी साताबाट विद्यालय भौतिक रुपमै सञ्चालन गर्नेछौं’, उहाँले भन्नुभयो । महानगरपालिकासँग संस्थागत र सामुदायिक विद्यालयहरुले नियमित कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेको सुवेदीले बताउनु भयो ।

यदि विद्यालयहरु सञ्चालन गर्ने अवस्था सृजना भएको खण्डमा विद्यालयहरुले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । महानगरले त्यसको अनुगमन गर्ने उहाँ बताउनु हुन्छ । यस्तै भक्तपुर नगरपालिकाले पनि विद्यालयह सञ्चालनको लागि गृहकार्य थालेको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शिक्षा समितिको बैठक बसेर नगरभित्रका विद्यालयह कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भैरहेको बताउनु भयो ।

बुधबार मात्र निजी विद्यालयहरुसँग र विहीबार सरकारी विद्यालयसँग बसेर छुट्टाछुट्टै छलफल गरेको उहाँको भनाई छ । छलफलमा निजी र सामुदायिक विद्यालयहले आफूहरुले भौतिक रुपमै कक्षा सञ्चालन गर्न पाउनुपर्ने अडान राखेको उहाँले बताउनुभयो । अनलाइन कक्षाको पहुँच धेरै विद्यार्थिमा नपुगेको भन्दै तत्काल विद्यालय सञ्चालन गर्न पाउँनुपर्ने उनिहरूको माग रहेको कर्माचार्यले बताउनुभयो ।

यस्तै ललितपुर महानगरपालिकाले पनि विद्यालय सञ्चालन कसरी गर्ने भन्ने विषयमा महानगरभित्रका विद्यालयहसँग राय सुझाव संकलन गरेको जनाएको छ । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पन्थीका अनुसार कोरोनाको संक्रमणको जोखिमलाई नियालेर केही दिनमा निर्णय गरीने बताउनुभयो ।

विभिन्न विद्यालयहबाट प्राप्त रायका आधारमा आफू्हरूले निर्णय गर्ने उहाँले बताउनुभयो । यसैबीच, त्रिभुवन विश्वविद्यालयले पनि अब भौतिक रुपमै कक्षा सञ्चालनको प्रकृया थाल्ने जनाएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषालले उपत्यकाका तीन जिल्लाका प्रमूख जिल्ला अधिकारीको बेठकले विद्यालय सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर सञ्चलन गर्न आग्रह गरेसँगै सबै क्षेत्र खुलेकाले आफूहरूले पनि भौतिक रुपमै कक्षा सञ्चालन गर्न लागेको उहाँको भनाई छ ।

उपत्यका बाहिरका आंगिक व्याम्पसहरू पनि जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्लाका स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । अनलाईन कक्षा प्रभावकारी भएका क्षेत्रमा अनलाइन कक्षा नै सञ्चालन गर्न प्रोत्साहित गर्ने उहाँको भनाई रहेको समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया

खबर सबै