

मैले के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस् : प्रशिक्षक

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह गरेका छन् । भारतसँग मैत्रीपूर्ण फुटबलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन् । ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्’, उनले भने ।
उनले नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । यस्तै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफूहरूले समूहमा विश्वास गर्ने भन्दै प्रशिक्षणको तारिफ समेत गरे । ‘हामी समूहमा विश्वास गर्छौ र समूहको रूपमा ऊर्जावान् छौँ’, उनले भने, ‘हाम्रो प्रशिक्षक गडफादरजस्तो हुनुहुन्छ ।’
उनले दक्षिण एसियामा नेपालको पोजिसन ८ मध्ये सातौँमा रहे पनि आफूहरूको लक्ष्य ठूलो भएको बताए । ‘साफमा समग्र इतिहास केलाउँदा हामी ८ मध्ये सातौँ स्थानमा छौँ’, उनले भने, ‘त्यसैले हामी फेवरेट होइनौँ । तर हाम्रो लक्ष्य ठूलो छ । हामीले साफ खेल्ने होइन , एसिया कपमा छनोट हुने लक्ष्य राखेका छौँ ।’


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया