

एक साता मै काम सुरु हुने गरी कोइली नदीमा बन्ने पुुलको ठेक्का सम्झौता



राजेन्द्र खनाल, कपिलवस्तु ।
वर्षाै देखि नाम चलेको तर काम हुन नसेको कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोईली नदीमा मोटरेवल पुल बन्ने पक्का भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ लाई जोड्ने मोतिपुर स्थित कजवे पुलको सट्टामा अबको एक हप्ता भित्र काम सूचारु हुने गरी पुलको ठेक्का प्रक्रिया पुरा भएको हो ।
कोइली खोला (क) नाम दिइएको उक्त नदीमा वर्षाै देखि जिर्ण अवस्थाको कजवेबाट यात्रारत नागरिकहरु मोटरेवल पुल बने सँगै सहज यात्रा गर्न पाउने आशामा छन् । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेट मार्फत डिपिआर भई पुल निर्माणका लागि टेण्डर अर्थात ठेक्का सम्झौता समेत भएको हो ।
ठेक्का सम्झौता अनुसार सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले निर्माणको जिम्मा लिएको जनाइएको छ । गत वर्ष डिपिआर सम्पन्न भएको भए पनि प्रदेश सरकारले यस वर्ष सो पुलका लागि बजेट विनियोजन गरेको हो । अहिले सम्म कोइली नदीमा आएको बाढीले पाँच जनाको ज्यान लिइसकेको छ भने धेरैले जोखिमका साथ यात्रा गरिरहेका छन् । जिल्लामै सुगम नगरपालिका भनिएको बाणगंगाको कोइली नदीका कारण विभिन्न समयमा मानवीय जोखिम निम्ताउने खतरा बढेको थियो । यस वर्षको भदौ महिनाबाटै काम प्रारम्भ गर्ने गरी लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा पूर्वाधार विकास कार्यालय सहित जिल्लाबाट प्रदेश सभामा निर्वाचित सासंदहरुको पहलमा पुल निर्माणका लागि पहल गरिएको हो ।
लामो समय देखि पुलको माग गरिरहेका स्थानीयहरु पुल निर्माणको काम सुचारु हुने भएको सुनेसँगै खुसी भएका छन् । सो सडक खण्डलाई पूर्व पश्चिम राजमार्ग अन्तरत घेरवा बनगाई देखि अर्घाखाँचीको लागि दु्रत मार्गको रुपमा हेर्ने गरीएको छ भने कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा देखि जहदी, कोपवा, झण्डा, बनगाई , भलवाड हुँदै अर्घाखाँचीको डोहोटे मार्गको रुपमा समेत विकास गरिएको छ । यस्तै अर्घाखाँची जिल्लालाई सहजै नेपाल भारत सिमासँग जोड्ने नजिकको मार्ग पनि रहेको छ । ९ करोड ५० लाखको बजेट सिलिङ अन्तरगत ६ करोड ८ लाखमा ठेक्का सम्झौता गरि आजै देखि काम सुरु गर्ने गरी ठेक्का कम्पनीलाई जिम्म दिइएको प्रदेश सासंद विष्णु पन्थीले बताउनुभयो । आगामी दुई वर्ष भित्र काम सक्ने गरी सम्झौता गरिएको भए पनि यसै वर्ष पूर्ण रुपमा काम सकिने गरी काम गर्न आग्रह गरिएको समेत सासंद पन्थीले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया