भलवाडमा सिनर्जी सहकारीको शाखा उद्घाटन

राजेन्द्र खनाल, भलवाड ।

कपिलवस्तुको बाणगंगा स्थित विभिन्न सहकारी संस्थाहरु एकिकृत भई बनेको सिनर्जी बहुउद्देश्यि सहकारी संस्था लिमिटेडको वडा नम्बर ९ भलवाडमा सेवा सुचारु तथा कार्यालय उद्ध्घाटन गरिएको छ ।

शनिबार बिहान शाखा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले रिवन काटेर सिनर्जी सहकारी संस्था भलवाड शाखाको औपचारीक उद्ध्घाटन गरेका हुन ।

शाखाको उद्ध्घाटन गर्दै सासंद पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले काम गर्नुपर्ने बताए । कृषि सँग विभिन्न चिजहरुमो उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी पनि बृद्धी गर्न संस्थाले काम गर्नुपर्ने बताए । बाणगंगाका ६ वटा सहकारी मर्ज गरी बनाइएको सिनर्जीले आधुनिक वित्तीय मोडल अनुसार कर्जा पु¥याउन सक्ने सासंद पन्थीले विश्वास पनि व्यक्त गरेका छन । पहिले नै केही सहकारी संस्थाहरु रहेको भलवाडमा सहकारीहरुका बिचमा प्रतिश्पर्धा हुने भन्दै भलवाडमा अझै क वा ख बर्गका बैँकहरु पनि आवश्यक रहेको र त्यसका लागि बैँकको शाखा संचालनका लागि पहल गरिने बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालले नगरपालिकाको केन्द्रबाट दुरीका हिसाबले टाढा रहेको भलवाड स्थित वडा नम्बर ९ वित्तिय कारोवारका हिसाबले विकासको गतिमा गएको बताएका छन् । उनले बाणगंगामा मापदण्ड पुरा नगरी संचालनमा रहेका १६ वटा सहकारीहरुको खारेजीको तयारी गरेको जनाउँदै सबै सहकारी संस्थाहरु मापदण्डमा रहेर संचलान गर्नुपर्ने बताए । सिनर्जीले नगरपालिकाभर शाखा विस्तार गरी आफ्नो वित्तीय पहूँच पु¥याएको भन्दै उप मेयर अर्यालले पुँजीलाई उत्पादन सँग जोडेर लैजान सके अझ यसको प्रभावकारीता बढ्ने बताएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश सहकारी संघका सदस्य तेजप्रसाद आचार्यले सहकारीहरुको विकास र विस्तारले त्यहाँका नागरिकहरुमा आर्थिक परिचालन बढ्ने र त्यसबाट स्थानीय स्तरमा उत्पादन, रोजगारी र विभिन्न सेवा प्रवाहमा सहजता थपिने बताएका छन् । बाणगंगा नगरपालिकामा सिनर्जी सहकारी संस्थाले सबै वडामा शाखा विस्तार गर्ने योजना अनुसार वडा नम्बर ९ मा पनि सेवा सुचारु गरेको प्रति धन्यवाद दिदैँ उनले आगामी दिनको लागि शुभकामना पनि व्यक्त गरे ।

यस्तै सहकारीका शाखा संयोजक तथा वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासेले वडा नम्बर ९ मा आर्थिक गतिविधिमा बृद्धी हुने गरी वित्तिय संस्थाहरुको पहुँच विस्तार भएको बताए । उनले सहकारी संस्थाहरुले जनताको आर्थिक विकासमा टेवा पुग्ने गरी सेवा विस्तार गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

यस्तै कार्यक्रममा सिनर्जी बहुउद्देश्यि सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासेले शुसासनका सवालमा संस्था प्रतिवद्ध रहेको बताएका छन् । उनले बाणगंगा नगरपालिकाका सबै वडामा सहकारीको पहुँच विस्तार गर्दै सबै जनताका बिचमा आर्थिक सम्बन्ध स्थापित गर्दै अगाडी बढिने बताएका छन् । यस्तै उनले संस्थाले लिखित दस्तावेजलाई बोल्ने भएकाले सिनर्जी सहकारीमा आबद्ध हुन भलवाडका जनतालाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा सिनर्जी सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासेको अध्यक्षता सहित सासंद पन्थीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै नगर उप प्रमूख अर्याल र लुम्बिनी प्रदेश सहकारी संघका सदस्य आचार्यको विशिष्ठ आतिथ्यता रहेको उद्ध्घाटन कार्यक्रममा विभन्नि संघ संस्थाका प्रमूख तथा प्रतिनिधि सहित सहकारीका पदाधीकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलराज पौडेलको स्वागत तथा सचिव कृष्णप्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो । हाल सिनर्जी सहकारी संस्थाले बाणगंगा नगरपालिकाका विभिन्न वडामा शाखा विस्तार गर्दै आफ्ना आर्थिक गतिविधि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

खबर सबै