सहकारीमा सबै किसिमका प्रविधि सहित सञ्चालन हुनु पर्छ : सिईओ मिश्रा

नवराज बेल्वासे

अब नेपालभरका सहकारी पुर्ण रुपमा प्रविधि सहित सञ्चालन हुनु पर्ने तथा नेपालको कुनै एक सहकारीको खातामा रहेको रकम नेपालको कुनै पनि सहकारीबाट रकम निकाल्न पाउने सुविधा सहित सहकारी सञ्चालन हुन् आवश्यक रहेको हब को–अपरेटिभ सर्भिस लिमिटेडका सिईओ के.एल मिश्राले बताउनु भएको छ ।

आज कपिलवस्तु जिल्ला स्थित वाणगंगा ७ बनगाईमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा हब को–अपरेटिभ सर्भिस लिमिटेडका सेवा सुविद्याहरु प्रस्तुतिकरण गर्दँ उहाँले उक्त कुरामा जोड दिनुभएको थियो । नेपाल भित्रका हरेक सहकारीलाइृ एक ढुक्का बनाई हरेक सहकारीको कारोबार नेपालभर बनाउने कार्यको उदेश्य सहित अगाडी बढेको अपरेटिभ सर्भिसले नेपालभरका सहकारीमा अन्तर सहकारीय कारोबार, चेकबाट कारोबार तथा एक सहकारीको बचत अर्को सहकारीबाट निकाल्न सक्ने गरी कार्य अगाडि बढेको छ ।

अपरेटिभ सर्भिसले आन्तरिक तथा बाह्य बिप्रेषण सिधै सहकारी संस्थाको सस्दयहरुको खातामा आउने गरी कार्य गरेको छ । अपरेटिभ सर्भिसको कार्यक्षेत्र नेपालभर रहेको छ भने नेपालको सहकारी आन्दोलनको इतिहासमा सहकारीहरु बिच पहिलो पटक यस्तो किसिमको सेवा हवले प्रदान गदैँ आएको छ ।

सहकारीबाट नै एटिम सेवा, मोबाईल बैकिङ् जस्ता सेवासुविद्या पनि हबको प्रमुख लक्ष्य रहेको बताइएको छ ।

कार्यक्रममा हब को–अपरेटिभ सर्भिस लिमिटेडका संस्थापक अध्यक्ष हिरामणी पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष डिलाराम भुसालको आथितियता रहेको कार्यक्रममा नगरका तथा जिल्लाभित्रका सहकारी संस्था प्रमुखहरुको सहभागिता रहेको थियो ।

हब को–अपरेटिभ सर्भिस लिमिटेड तथा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालको अध्यक्षता रहेको कार्यक्रममा सिईओ के.एल मिश्राको स्वागत मन्तव्य रहेको कार्यक्रम सरोज खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

हब को–अपरेटिभ सर्भिस लिमिटेडको सेवा प्रयोग गर्ने के छुट्टै सफ्वेयरको आवश्यक छ त ?

हब को–अपरेटिभ सर्भिस लिमिटेडको सेवा सुविद्या प्रयोग गर्ने विशेष किसिमको सफ्वेयर आवश्यक नरहेको संस्थाले प्रष्ट पारेको छ । हाल हरेक सहकारीले सञ्चालन गरेको सफ्वेयरलाई संस्थाका आईटीहरुले केहि परिमार्जन गरेपछि उक्त सफ्वेयरबाट नै सेवा सुविद्या लिन सकिने संस्था जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै