कपिलवस्तुमा बाढीको ताण्डव

कपिलबस्तु ।
बिहीबार राती देखि परेको भारी बर्षक कारण कपिलबस्तुको जनजीवन प्रभावित बनेको छ । बाणांगगा नगरपालिका ११ ओदारीमा सयौँ घर ढुवनामा परेका छन् भने जितपुर बजार समेत जलमग्न भएको छ ।
बाणंगगा नादीमा पानीको ओभर फलो हुँदा ओदारी बजारनै ढुबनामा परेको हो। यस्ते जितपुर स्थित कैयौँ घर तथा पसल व्यवसाय जलमग्न भए ।
ढुबनाका कारण करिब एक सय घरमा डुबानमा परेको पिडितहरुले बताएका छन् । राती २ बजेदखि ओदारी गाँउमा बाढी आएपछि घरपरिवार नै बिस्थापित हुने अवस्था आएको थियो । शुक्रबार मध्यान्ह पछि वर्षा रोकिए सँगै पानीको वहाव घट्दो छ। , चिया बिस्कुट खाएर आफनो जिवन यापन गर्दै आएको ओदारीका स्थानीयबासी काला रेग्मीले भनिन् सबै ड्ब्यो ।
६० बर्षमा पहिलो पटक ओदारी गाँउमा यस्तो बढी देखिएको एक बृद्धले बताए ।
तौलिहवा देखि जितपुर सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा बाढीले क्षेती पु¥याएको छ ।
उता प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार कपिलवस्तुको जितपुर सँगै बाणगंगाका अन्य स्थानमा पनि बाढीले क्ष्यति पु¥याएको छ । वडा नम्बर ५ र ४ का केही व्यवसायीको कुखुरा फर्म डु्बेको छ भने जिल्लाको शुद्धोधन गाउँपािलका र मायादेवी गाउँपालिकामा पनि केही परिवार बाढीका कारण विस्तापित भएका छन् ।
यस्तै पिपराबाट एक जनाको उद्धार गरिएको छ । धेरै व्यवसायीको पसल तथा व्यवसायीक स्थानमा पानिले डुबाएको छ ।यस्तै कपिलवस्तुको बाणगंगा ७ स्थित बनगाई क्षेत्र पनि बाढीले प्रभावित बन्यो भने सधै जसो समस्यामा परिरहने बगाई भलवाड सडक खण्डको मोतिपुर स्थित कजवे पुल दिनैभर ठप्पर रहयो । अविरल वर्षाका कारण नागरिकहरुको दैनिकी प्रभवित भयो भने विभिन्न क्षेत्रमा फर्म संचालन गरेका व्यवसायीहरुलाई पनि ठूलो क्ष्यति पु¥याएको छ ।
कपिलवस्तुमा वर्षाका कारण कुनै मानविय क्षेती नभएको र सडक समेत अबरुद्ध नभएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै