कमजोर अवस्थामा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) 

कमजोर अवस्थामा छ, लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी)
कपिलवस्तु ।
बुधबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको नेकपा (एकिकृत समाजवादी) पार्टीका राजनितिक गतिविधि सक्रिय बनेका छन् । माधव नेपालले नेतृत्व गरेको सो पार्टीको देशगत अवस्थालाई हेर्दा सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । सोही पार्टीका नेताहरुले समेत लुम्बिनी प्रदेशमा नेकपा (एकिकृत समाजवादी) को अवस्था कमजोर रहेको स्विकार गरेका छन् ।
सो पार्टीकी नेतृ गीता अन्जानले लुम्बिनी प्रदेशमा तत्काल पार्टीको सुरुवाती अवस्थ कमजोर रहेको बतइन् । तर उनका अनुसार केही समयमा पहिले माधव नेपाललाई साथ दिएका तर अहिले केपी ओली पक्षमा उभिएका नेताहरु पनि छिट्टै फर्किने दावी पनि गरिन ।
एमालेका दोस्रो पुस्ताका नेताले माधव नेपालको साथ पछिल्लो मोडमा आएर छोडेपछि लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादी कमजोर देखिएको हो । लुम्बिनी प्रदेशबाट नेपाल पक्षमा दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पनि साथ छोडेका छन भने लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका सासंदहरुले पनि नेपालको पार्टीमा जान रुचाएनन् ।
लुम्बिनी प्रदेशबाट युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरेलगायतका नेताहरुले नेपालको साथ छोडेर एमालेमै लागेका छन् । त्यस्तै पहिले देखि नै ओली पक्षमा रहेका विष्णु पौडेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मासहितका यस प्रदेशबाट केन्द्रीय राजनितिमा पुगेको नेताहरु पनि एमाले मै छन् । जसका कारण लुम्बिनी प्रदेश नेकपा एकिकृत समाजवादीका लागि चुनौतिपूर्ण राजनितिक स्थाल बनेको छ ।

केन्द्रीय नेता एमालेमा रहेसँगै जिल्ला र स्थानीय तहमा पनि मध्यमार्गी नेताहरुकै प्रभाव कारण एकीकृत समाजवादीलाई संगठन निर्माणमा चुनौती छ । प्रदेशको कपिलवस्तु जिल्लामा पनि नेपाल पक्षमा उभिएका नेताहरु एकिकृत समाजवादीमा खुलेका छैनन् । जसका कारण कपिलवस्तु जिल्लामा पनि सो पार्टीको नेतृत्वलाई जिल्लाका अन्य राजनितिक ठूल दल सँग सामना गर्न ठूलो मेहेनत पर्ने देखिएको छ । पार्टीको औपचारिक दर्ता पक्रिया पुरा नहुँदै कपिलवस्तुमा सो पार्टीको एक भेलाले लंकबहादुर हमाललाई जिल्लाको नेतृत्व प्रदान गरेको थियो भने अन्य निर्वाचन क्षेत्रहरुमा इन्चार्ज समेत तोकिसकेको छ ।
केही जनप्रतिनिधि अहिले तटस्थ बसेको र २१ दिनको समय अवधि रहेका कारण त्यतिबेलासम्म जनप्रतिनिधिसँगै अन्य धेरै नेता कार्यकर्ता समाजवादीमै खुल्ने नेताहरुको दावी छ ।
लुम्बिनी प्रदेशसभामा माधव समूहमा यसअघि दुई नेता मात्र खुलेका थिए । कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती नेपाल समूहमा थिइन् । अहिले दुवै कतै खुलेका छैनन् । गुल्मीमा गोकर्ण विष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव न्यून छ । तर, केही युवा पुस्ताका नेताहरु समाजवादीमा लाग्ने गरी छलफल गरिरहेका छन् । जिल्लामा प्रभाव रहेका हिरा एसी, हरि छन्तेल, श्रीराम महत, हिमाल थापालगायतका नेताहरुले समाजवादीको संगठन निर्माणका लागि छलफल गरिरहेको महतले बताए ।

प्रतिक्रिया

खबर सबै