१० किलो चरेससहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक राजेश यादव छन्। उनलाई नेपाल भारत सीमावर्ती एरिया नजिकैबाट पक्राउ गरिएको डिएसपी राजु लामाले जानकारी दिए।  यादवको साथमा रहेको कालो रंगको झोलाभित्र पत्रिका र टेपले बेरेको इँट्टा आकारको २६ प्याकेट १० केजी चरेस फेला परेको लामाले बताए।

परेको चरेससहित यादवलाई लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै