

चर्चामा विष्णु माझी, ५० लाखले हेरे ‘एक हप्तामा ‘चरी जेलैमा’




काठमाडौं । चर्चित लोक गायिका विष्णु माझी अहिले चर्चाको शिखरमा छिन् । एक हप्ता अघि सार्वजनिक भएको नयाँ तिज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएसँगै उनी चर्चामा आएकी हुन् । विष्णु माझीको स्वरमा सजिएको उक्त गीतलाई एक हप्तामा ५० लाखभन्दा बढिले हेरिसकेका छन् ।
अहिलेसम्म गीतको भिडियोमा ११ हजार बढीले प्रतिक्रिया दिएका छन् । भिडिओमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । प्रतिक्रियामा गायिका माझीको आवाज सुनेमात्र तिज आएजस्तो लाग्ने बताइएको छ । कतिले त यस गीत विष्णु माझीकै कथाको भएको प्रतिक्रिया पनि दिएका छन् ।
उक्त गीतले तिजको मौलिकतालाई झल्काएको र विवाहित चेलीको वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाईन्छ। विष्णु माझीका पति सुन्दरमणी अधिकारीको शब्दरसंगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । साथै, शिव बि।क।को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवम् निर्देशन गरेका हुन् । भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन भने भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया