

जसपा नेपाल कपिलवस्तुमा पार्टी प्रवेश गर्नेको लहर सुरु



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुमा पार्टी प्रवेश गर्नेहरुको लहर सुरु भएको जसपा कपिलवस्तुले जनाएको छ । बुधबार कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को प्रथम भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्पन्न गर्दै जसपाले कपिलवस्तुमा अब जसपा प्रति नागरिकहरुको ध्यान केन्द्रित भएको जनाएको हो ।
मनोज यादवको संचालन सहित जगनारायण कोरीको अध्यक्षतामा सम्पन्न सो भेलामा पतेरिया स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर चौधरी सहित तीन दर्जन भन्दा बढी कार्यक्रता नेपाली कांग्रेस, (नेकपा) एमाले र माओवादी केन्द्रबाट जसपामा प्रवेश गरेको जनाइएको छ ।
नव प्रवेशीहरुलाई जसपा नेपालका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमूख अतिथि दानबहादुर चौधरी, पार्टी केन्द्रिय सदस्य नारायण खनाल, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष डा. अब्दुल रसीद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जिल्ला सचिव चोपलाल राहुल मगर, शुद्धोधन गाउँपालिका अध्यक्ष निशार अहमद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी लगायतले स्वागत गर्नुभएको जसपा कपिलवस्तुले जानकारी दिएको छ ।
कार्यक्रममा जसपाका नेताहरुले जसपाको राजनितिक कार्यदिशा र देशको अवस्थाका बारेमा सम्बोधन गर्नुभएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया