

‘एन्फा ‘नियमअनुसार चल्न सकेन’ : प्रतिवेदन

काठमाण्डौ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले आज बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।
१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।
समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।
कार्यक्रममा प्रतिवेदन बुझेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरेर एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनुभयो । उहाँले विवाद समाधान गर्न दुवै पक्षसँग छुट्टा–छुट्टै पहल भए पनि समाधान हुन नसकेको बताउनुभयो । छानबिन भइसकेको अवस्थामा परिषद्ले दिएको निर्देशन एन्फाले अक्षरशः पालना गर्नुपर्ने सदस्य सचिव सिलवालको भनाइ छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।
त्यहीअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्लाई छानबिन समिति गठन गरेर एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको छनोट समितिले १४ दिनमा आज प्रतिवेदन सार्वजनिक गरेको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया