

माओवादीले कारवाही गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वयको पक्षमा आएन अन्तरिम आदेश



काठमाडौं
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रले गरेको कारवाहीका सम्बन्धमा ‘अन्तरिम आदेश जारी नहुने’ ठहर गरेको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार दधिराम न्यौपानेका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरिएको हो ।
सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएका कारण न्यौपाने र पन्थीको प्रदेशसभा सदस्य पद तत्कालका लागि खारेज भएको छ ।
उनीहरु दुवैजना नेकपा एमालेमा सामेल भएपछि माओवादी केन्द्रले कारवाही गरेको थियो । आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्रको संसदीय दलको विधान विपरीत कारवाही गरिएको भन्दै उनीहरुले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
यसअघि आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई बोलाएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया