

प्रहरी निरीक्षक गुरुङ उत्कृष्ट प्रहरीको रुपमा सम्मानित



राधा पाण्डे/कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका प्रहरी निरीक्षक दिनेश गुरुङ उत्कृष्ट प्रहरिको रुपमा सम्मानित हुनुभएको छ ।
प्रहरी कार्यालय पिपरामा कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएका गुरुङले शान्ती सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन, अबैध चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, भन्सार छली, ट्राफिक कारवाही तथा उच्च राजश्व संकलन गर्न सफल भएकोले उहाँलाई सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उत्कृष्ट कार्य अन्तर्गत २०७८ साउन १ गतेदेखि साउन मसान्तसम्म वाणगङगा नगरपालिका वडा नम्बर ११ को जहदी चोकबाट १ थान पेस्तोल सहित ४ जना पक्राउ, वडा नम्बर ८ मोर्मिबाट ४ नाल भरुवा बन्दुक सहित ४ जना पक्राउ, वडा नम्बर ४ सिद्दिपुरबाट रेड पाण्डाको छाला २, पुच्छर १ सहित पक्राउ गरिएको थियो । यस्तै गरि भन्सार चोरी नियन्त्रण तर्फ ३ वटा चार पाङ्ग्रे सवारी साधन सहित ८ जना पक्राउ गरि रु ६५ लाख १७ हजार ८ सय ४० बराबरको राजश्व संकलन गरिएको थियो ।
यस्तैगरी ट्राफिक कारबाही तथा राजस्व संकलनतर्फ २ सय ८२ वटा सवारी साधन कारबाही गरि रु। १ लाख बत्तीस हजार राजस्व संकलन, फरार प्रतिवादी पक्राउ तर्फ ६३ जना प्रतिवादी पक्राउ गरि रु। ५ लाख ८८ हजार ६ सय ८० जरिवाना संकलन गर्न सफल भएको बताइएको छ ।

यस्तै मुद्दा दर्ता तथा फर्स्यौटतर्फ २० वटा मुद्दा दर्ता गर्दा १२ वटा मुद्दा फर्स्यौट गर्न सफल भएको लगायतका उत्कृष्ट कार्य गर्न सफल हुनुभएको थियो ।
आफुलाई प्राप्त जिम्मेवारको कुशलतापुर्वक प्रशंसनिय तवरले कार्यसम्पादन गर्दै आउनु भएका प्रहरी निरीक्षक गुरुङलाई उहाँले गरेको कामको उच्च कदर गर्दै श्रावण महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रशंसा(पत्र सहित सम्मान गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया