कपिलवस्तुको भलवाडका सडक किनारमा रोपियो बेटल ब्रसका विरुवा

राजेन्द्र खनाल, भलवाड,कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवडको सडक किनारमा बेटल ब्रसका विरुवा रोपिएको छ । सडक किनारमा वडाको स्ुन्दरताका लागि आइतबार रक्षा वन्धनको अवसर पारी वडा नम्बर ९ बर्दहवा स्थित कोटिहवा सामुदायिक वनले सो विरुवा रोपेको हो ।

भलवाडको चौवाह देखि बर्दहवा हुँदै मुख्य सडक स्थित देउराली चोक जोडने भित्री सडक खण्ड अन्तरगत सडका किनारमा बेटल ब्रसका ३ सय बढी विरुवा रोपिएको वनका अध्यक्ष फर्सबहादुर बस्नेतले बताउनुभयो । वडाको सुन्दरीकरण सँगै सामुदायिक वन क्षेत्र भित्रका सडकहरुमा वातावरिणीय पर्यावरको रक्षाका लागि विरुवा रोपिएको अध्यक्ष बस्नेतको भनाई छ ।

यस्तै वृक्षरोपण कार्यक्रम अन्तरगत वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेले वडाको सुन्दरता कायम गर्न कोटिहवा सामुदायिक वनले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा विरुवा ल्याइ रोपेको र यसले वडालाई सुन्दर राख्ने विस्वास व्यक्त गर्नुभयो । वडाको सुन्दरता सँगै पर्यावरणको रक्षाका लागि पनि वृक्षरोपणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

कोटिहवा सामुदायिक वनको आयोजना सहित भलवाड स्थित कोइली स्मार्ट कृषि गाउँ कार्यक्रमसँगको सहकार्यमा गरिएको वृक्षरोपण कार्यक्रममा कोइली स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चुरामणी आचार्यले तत्काल तीन सय विरुवा रोपिएको र आगमी दिनमा अझ धेरै विरुवा रोपी सुन्दर वडा बनाउन पहल गर्ने बताउनुभयो । उहाँले विभिन्न संघ संस्थाहरुसँगको सहयोगमा विरुवा उपलब्ध भएको भन्दै अन्य क्षेत्रमा पनि वृक्षरोपणका लागि सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
यस्तै कोटिहवा सामुदायिक वनकी सचिव राधा बेल्वासाले सामुदायिक वनले वृक्षरोपण गरेको तर यसको संरक्षण र सुक्षाको दायित्व सबै वन उपभोक्ता र टोलबासीहरुको रहेको बताउनुभयो । लगाएको विरुवाहरुको संरक्षण गर्दै वडालाई सुन्दर बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कोटिहवा सामुदायिक वनका अध्यक्ष फर्सबहादुर बस्नेतको अध्यक्षता तथा वडा अध्यक्ष धुव्र वेल्वासेको प्रमूख आतिथ्यता सहित वनका पूर्व अध्यक्ष तथा सहल्लाहाकार समितिका संयोजक एवम् साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै सुनगाभा टोल विकास संस्थाका अध्यक्ष देवबहादुर बुढा, कोइली स्माट कृषि गाउँ कार्यक्रमका पदाधिकारी सहित वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको हो । सडक किनार सँगै कोइली स्मार्ट कृषी गाउँ कार्यक्रमको कार्यालय परिसरमा पनि सो विरुवा रोपिएको वनका कोषाध्यक्ष मिन बहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै