बाणगंगामा विद्यार्थीहरुलाई कोरोना खोप लगाउन सुरु

राजेन्द्र खनाल,कपिलवस्तु ।
कपिलवस्तुमा आज विद्यार्थीहरुलाई कोरोना विरुद्धको पहिलो डोज खोप लगाइएको छ । स्वास्थ्य कार्यालयको परिपत्र अनुसार जिल्लाको बाणगंगा नगरपालिका अन्तरगतका चारवटा क्याम्पसमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई खोल लगाउने काम आज देखि सुरु गरिएको हो ।

बाणगंगा नगरपालिकाका चार वटा क्यमप्सका लागि कुल ४१० डोज खोप उपलब्ध भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले जानकारी दिनुभयो । यसैबिच आज बुङ्चि स्थित सिद्धार्थ क्यमम्पसमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहका परिक्षाको तयारी गरी प्रवेश पत्र लिएका विद्यार्थीहरु १५० जनालाई खोल लगाएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभएको छ । जापानबाट ल्याइएको एष्ट्राजेनेकाको खोप विद्यार्थीहरुलाई पहिलो डोज लगाएको घिमिरेले बताउनुभयो । यस्तै भोली बाणगंगा बहुमुखि क्याम्पस लौगाइका विद्यार्थीहरुलाई खोप लगाउने तयारी रहेको छ । यो खोप स्नातक र स्नातकोत्तर तहको परिक्षाको तयारीमा रही प्रवेशपत्र लिएका विद्यार्थीहरुले लगाउन पउने छन् ।

प्रतिक्रिया

खबर सबै