

माधव नेपाल समूहलाई आगामी दिनमा भारी पर्ने शंकर पोखरेलको चेतावनी



रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेविरुद्धको षड्यन्त्रमा लागेका नेता माधव नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । १४ वर्षसम्म पार्टीको कार्यकारी प्रमुख भएका व्यक्तिले नै पार्टीलाई अहिलेको अवस्थामा ल्याएको उनले टिप्पणी गरे ।
आज बुटवलमा नेकपा एमाले बुटवलले आयोजना गरेको विधान मस्यौदा संशोधन सुझाव तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीको एकता कायम गर्न, संविधान जारी गर्न र संविधानसभाको निर्वाचन सफल बनाउने भूमिकामा केपी ओली नै नायक रहेको तर्क गरे ।
केपी ओलीलाई विस्थापन गर्न खोज्नु नै दुर्भाग्य भएको भन्दै उनले माधव नेपाल समूहलाई आगामी दिनमा भारी पर्ने समेत चेतावनी दिए ।
नेता पोखरेलले भने, ‘नेकपा रहेकै समयमा प्रचण्ड र नेपालले ओलीलाई असफल पार्न खोजेको र पार्टीमा निषेधको राजनीति शुरु गरेका हुन् । निषेधको राजनीतिकै कारण माओवादी र एमालेबीचमा भएको सहमति टुटेको थियो ।’
पोखरेलले प्रचण्डको पार्टी सत्ता कब्जा गर्ने षडयन्त्र असफल भएपछि ओलीमाथि प्रहार गरेको कार्यकर्तालाई सुनाएका थिए । प्रतिनिधिसभा विगठन नेकपाभित्रको अन्तरसंर्घषको कारण नै भएको भन्दै उनले पार्टी असफल बनाउने र कब्जा गर्ने षडयन्त्रलाई विफल बनाउनको लागि योजनाबद्ध रुपमा प्रचण्ड लागेको आरोप लगाए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया