बाणगंगाको फोहोर व्यवस्थापनका विषयमा भलवाडमा सर्वदलीय छलफल

भलवाड,कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको स्थायी डम्पिङ् साइड निर्माणका लागि नगरपालिकाले वडा नम्बर ९ को भलवाडको भुमिलाई निर्धारण गरे यता तिव्र आलोचना र विरोध भईरहेका बेला वडा नम्बर ९ मा बुधबार सर्वदलीय छलफल भएको छ ।

नगरपालिकाको विवादीत रहेको फोहोर ब्यबस्थापनको लागि फोहोर प्रोसधन केन्द्र सहितको फोहोर व्यवस्थापनका लागि भलवाड स्थित नमुना सामुदायिक वन क्षेत्रको भूमि प्रयोग गर्ने तयारी गरिरहेका बेला केही साता अघि विभिन्न राजनैतिक दलहरुले नगर प्रमूख मंगल थारु समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए । बुधबार वडा कार्यालय भलवाड जिनुवामा बसेको सर्वदलीय बैठकमा बोल्ने वक्ताहरुले त्यसको चर्काे आलोचना गरेका छन् ।

छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालले कार्यक्रमको बिशय बस्तु माथी प्रकाश पार्नुभएको थियो । तर कार्यक्रममा सहभागीहरुले बिज्ञको अध्ययन बिना वडा नम्बर ९ को पश्चिम तर्फ फोहोर डम्पिङ गर्ने बिषयमा भलवाडका स्थानीय सरोकारवालाहरुले व्यापक असहमति जनाएका छन् ।

कार्यक्रममा नगर उप प्रमुख चक्र अर्यालले जिल्ला डिभिजन कार्यलय संग परामर्श भएपछि प्रारम्भिक चरणमा समुदायमा पार्ने दिगो प्रभाव तथा असर र प्रशोधन केन्द्रबाट हुने रोजगारका वारेमा छलफलमा आफ्ना विचार व्यक्त गर्नुभयो ।

त्यस्तै नगर प्रमुख मंगल प्रसाद थारुले नगरले फोहोर ब्यबस्थापन, बस पार्क निर्माण, चक्रपथको अवधारणा जस्ता विषयहरु बाणगंगा नगरपालिकाका गौरवका योजना रहेको बताउनुभयो । नगरपालिकाका हरे गौरवका आयोजनाका लागि सम्बन्धित वडाहरुले वडा भित्रका सबै सरोकारवालासंग आवश्यक समन्वय गरि काम गर्न सुझाव दिनुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा समाजसेवी राजु खडका, कमल बेल्बासे, जित बिकास रायमाझी, चुरामणि अर्याल, दिपक थापा, धुर्ब रायमाझी, हरिराज घिमिरे, हुमलाल पौडेल, कमल पौडेल, जंजिर थारु, कुन्तामणि भुसाल, लगायतले धार्मिक पर्यटकिय क्षेत्र र वातवरणीय तथा पर्यावरणलाई दीर्घकालीन असर नपर्ने गरि काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता र वडाध्यक्ष धुर्ब बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।भलवाडमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्थान निर्धारण गरेसँगै त्यसको चर्काे आलोचना भईरहेको छ ।

प्रतिक्रिया

खबर सबै