छत्रदेवका कुमाल परिवारलाई सोलार वितरण

अर्घाखाँची

अर्घाखाँचीको छत्रदेव गाउँँपालिकाकाले सबै वार्डका विपन्न घरधुरीलाई उज्यालो अभियानमा समावेश गर्ने कार्यक्रम अन्तर्गत जनजाती परिवारले सोलार वत्ती वितरण गरेको छ । छ्त्रदेव गाउँपालिका ५ को टुनिचौरमा करिब २० घर जनजाति समूहमा पर्ने कुमाल बस्तीमा ८० वाट क्षमता भएका सोलार बत्ति वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

खबर सबै