

कोरोनाले संचारमाध्यममा पारेको असरबारे कपिलवस्तुमा अन्तरक्रिया



कपिलवस्तु ।
कोरोना महामारीका कारण संचार क्षेत्र र संचारकर्मीलाई पारेको प्रभाव बारे कपिलवस्तुमा अन्तरक्रिया गरिएको छ । चाँँदनी नेपाल र पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा संचालित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड १९ का कारण कतिपय संचारमाध्यम बन्द नै हुने अवस्थामा पुगेको बताएका थिए ।
कपिलवस्तु जिल्लाका संचारमाध्यम र पत्रकारहरुको अवस्थाको वारेमा पूर्व अध्यक्ष मनोज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कोरोनाका कारण संचारक्षेत्र पनि थलिएको उल्लेख गरिएको छ । जिल्लामा १० वटा रेडियो, एउटा टेलिभिजन, एउटा दैनिक पत्रिका, ६ वटा साप्ताहिक र ९ वटा अनलाइन संचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
बिज्ञापन वाट हुने आम्दानीका स्रोत बन्द भएको भन्दै पत्रकारहरुलाई संचालकहरुले पारिश्रमिक नदिने, बेतलवी विदा बस्न भन्ने लगाएतका समस्याहरु निम्तिएको पौडेलले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले कोरोनाका कारण विज्ञापनको बजार खुम्चिएको हुदाँ संचारकर्मीलाई समस्या परिरहेको बताउनुभयो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले पत्रकारहरु अनुशासित हुनुपर्ने भन्दै कोरोनाले पारेको प्रभावलाई महासंघले गम्भिर रुपमा हेरेको जाउनुभयो । यस विषम परिस्थितिमा राज्यका सबै निकायसँग समन्वयका लागि आफुले पहल पनि गर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले कोरोनाका कारण सामुदायिक रेडियोको अवस्था सबैभन्दा जटिल बनेको बताउनुभयो । बजारमा विज्ञापन अभाव हुदाँ रेडियो पत्रकारहरुलाई टिकाउन संकट उत्पन्न भएको जिकिर गर्नुभयो । प्रदेश,स्थानिय तहहरु सँग सहकार्य गरी संचारमाध्यमलाइ सबल बनाउन सकेमा पत्रकारहरुका समस्या हट्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डिलाराम भुसाल,मानवअधिकारकर्मी रवि ठाकुर लगाएतले कोरोना कारण संचार क्षेत्र समस्याको बारेमा बोलेका थिए । महासंघका जिल्ला अध्यक्ष किरणमान ब्रजाचायको अध्यक्षतामा जिल्लाको गोरुसिगेमा भएको कार्यक्रममा विभिन्न संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया