

टी–२० विश्व कपको तालिका सार्वजनिक (तालिका सहित)

काठमाण्डाै
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ । त्यही दिन दोस्रो खेल बङ्गलादेश र स्कटल्यान्डबीच हुनेछ । त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ ।
टी–२० विश्व कप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो । तर कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसलाई यूएई र ओमानमा स्थानान्तरण गरेको थियो ।
प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । सुरुवाती आठ टोलीमा बङ्गलादेश, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुआ न्युगिनी छन् । टी–२० विश्व कपको फाइनल नोभेम्बर १४ मा हुनेछ ।
सन् २०१६ पछि पुरुष टी–२० विश्व कप आयोजना गरिएको यो पहिलो पटक हो । यसअघि सन् २०१६ मा कोलकातामा खेलिएको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो ।
सुपर १२ को कुन–कुन देश छन् ?
समूह एक– इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, राउन्ड १ समूह ए को विजेता र राउन्ड १ समूह बी को उपविजेता
समूह दुई– भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, राउन्ड १ समूह बी को उपविजेता, राउन्ड १ समूह ए को उपविजेता




खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया