

कपिलवस्तुमा कोरोना परिक्षणको दायरा घटदा संक्रमण भित्रभित्रै फैलदैँ



कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा पछिल्लो पटक निषेधाज्ञा केही खुल्ला गरिएसँगै नागरिकहरुको चहलपहल सामान्य जस्तै बनेको छ । तर यो समयमा पनि जिल्लामा कोरोना संक्रमितहरु भने पहिचान भईरहेका छन् । बजारक्षेत्रहरु सामान्य रुपमा संचालन भएका छन्, मठमन्दिरमा पुजाआजाका कार्यक्रम निर्वाधरुपमा संचालन भएका छन् भने होटल तथा वित्तिय संस्थाहरु पनि नियमित संचालनमा छन् । सामुदायिक र संस्थागत विद्यालयहरु मात्रै अहिले संचालनको अनुमति नपाउन बन्द भए पनि टिउसन सेन्टर र इन्सिच्युटहरुले आफ्ना गतिविधि संचालन गरीरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको सुचना अनुसार इन्सिच्युटहरु पनि संचालनमा रोक लगाएको छ । अहिले जिल्लाका सबै स्थानीय तहका सवास्थ्य शाखाहरुलाई कोरोना जाँचका लागि आवश्यक पिसिआर र एन्टिजेन परिक्षण किट उपलब्ध छ । तर स्थानीय तहहरुले परिक्षणलाई भन्दा खोप कार्यक्रमलाई बढी जोड दिएका छन् । कपिलवस्तुमा अहिले सम्म एष्ट्राजेनेकाको कोभिशिल्ड खोप, जोनसन एण्ड जोन्सनको जोन्सन खोप र चिनिया कम्पिनीको भेरोशिल खोप नागरिकहरुलाई दिइएको छ । देशभर कोरोना संक्रमणको ग्राफ दैनिक बढिरहँदा कपिलवस्तुमा पनि संक्रमण पुष्टी नियमित हुने गरको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।
अहिले कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमितको संख्या १५५ जना रहेको छ । कुल ५ सय सक्रिय संक्रमित पुगे मात्रै निषेधाज्ञामा कडाई गर्ने सिसिएमसीले निर्देशन गरेको छ । कपिलवस्तुमा हाल सम्म कोरोनाका कारण कुल १ सय ९८ जनाको ज्यान गएको छ । हाल दैनिक ८ देखि १० जनाको दरले संक्रमितहरु पुष्टि हुने गरको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो । कोरोना परिक्षणको दायरा घटदा संक्रमण पनि घटेको र दायरा बढाउदै जाँदा संक्रमण पनि बढ्ने उहाँको भनाई छ । स्थानीय तहहरुले परिक्षण कम गरेका कारण बिरामीहरु परिक्षणको दायरामा आउन नसकेको देखिएको छ । यद्यपी अर्घाखाँची र रुपन्देहीमा दिनहुँ संक्रमण हुने दर र मृत्यु दर समेत बढ्दै जाँदा कपिलवस्तुमा पनि कारोनाको जोखिम उच्च रहेको रहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया