

विद्युत प्राधिकरणमा नियुक्तिविरुद्ध सर्वोच्च गए शाक्य



काठमाडौं
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वाेच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया