

कपिलवस्तुमा एक वर्षमा ७ हजार ६ सय बढी महिला बने जग्गाको मालिक



कपिलवस्तु ।
कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढदै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुनेक्रम अहिले उत्साहजनकरुपमा बृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ष्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भुस्वामित्व बढेको हो ।
सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेशनमा सहुलियत दिए पछि महिलाको जग्गामा स्वामित्व बढदै गएको हो । जमिनमा महिलाका स्वामित्व बढाउन छुट पाईने भए पछि महिलाहरुको नाममा जग्ग्गा पास गर्नेक्रम निरन्तर बढदै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ । यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन् । बिगत ढेड दशक देखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा छुटको सहुलित दिए पछि उनीहरुको नाममा जग्गा पास गर्नेको संख्या हवात्तै बढेको हो । छुट दिएपछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढदै गएको मालपोतका कर्मचारीहरु बताउछन् ।
मोलपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक बर्ष २०७७/०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरुलाई १ करोड ८५ लाख ९८ हजार ९६० रुपैया छुट दिइएको छ । यस्तै मालपोत कार्यालय चन्द्रौटामा गत आर्थिक बर्ष २ हजार २५० जना महिलाको नाममा जग्गा पास भएको र जसबाट ६८ लाख ३८ हजार २५० रुपैया छुट दिइएको कार्यालय प्रमुख टीका पौडेले बताए । तौलिहवा र चन्द्रौटा गरी गत बर्ष कुल कपिलवस्तुमा ७ हजार ६८५ महिला जग्गाको मालिक बनेका ह्ुन ।
सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया