

तालिबानद्वारा अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा



काठमाण्डाै – विद्रोही समूह तालिबानले अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेको छ । आधा भन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान अहिले काबुलबाट ११ किलोमिटर नजिक पुगेको छ । प्रान्तीय राजधानी कब्जा गरेका ठाउँमा सेना र लडाकुबीच गोलाबारी चलिरहेको छ ।
अमेरिका र बेलायतको सेना फिर्ता भएपछि अस्ट्रेलियाबाट सेनाको केही सङ्ख्या काबुल पुगेको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सेना आफ्नो देशको नागरिक र दूतावासको कर्मचारीलाई फिर्ता लैजानका लागि मात्र काबुल गएको खबरमा उल्लेख गरिएको छ ।
आधाभन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान लडाकु काबुल नजिकै आइसकेकाले काबुलमा त्रास बढेको छ । काबुलमा डर र निराशा छाएको छ । विदेशी नागरिक, दूतावास कर्मचारी र अफगानी नागरिक कुनै न कुनै तरिकाले बाहिर निस्कने प्रयास गरिरहेका छन् । हजारौँ हजारको सङ्ख्या काबुलको सडक किनारामा अस्थायी क्याम्प बनाएर बसिरहेका छन् ।
काबुल कब्जा भएमा अफगानस्तानकाे सरकार र सेनाका लागि ठूलो झड्का हुनेछ । यसैबीच हिजो मात्र तालिबानले पङ्क्तिका र कुनार प्रान्तको प्रान्तीय राजधानी पनि कब्जा गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया