

७.२ म्याग्नेच्युडको भूकम्प, तीन सय बढीको मृत्यु



क्यारेबियन मुलुक हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ। बेलायती समाचार संस्था रोयटर्सका अनुसार दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते भएका छन्।
भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन्। ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको छ।
भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महशुस गरिएको थियो।
केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हैटीमा फेरि भूकम्पको संकट थपिएको हो।
भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन्।
यसअघि सन् २०१० मा हैटीमा ७ म्याग्नेच्युडको भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो।









खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया