

पार्टी एकताका लागि अन्तिम पर्खाईमा रहेका छौं : वरिष्ठ नेता नेपाल



काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे ।
शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताए ।
निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ ।
उनले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनुहुँदैन । तर त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’
वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहो¥याए ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया