विद्यालयको भवन पहिरोबाट जोगाउन ढुङ्गा र जाली प्रयोग

केशब घिमिरे/अर्घाखाँची

अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन ढुङ्गा जाली प्रयोग गरेर पर्खाल निर्माण गरिएता पनि पहिरो झरेभरिको छेत्रमा जालि नभरिदा पानि आउदा अहिले पनि प्लास्टिक त्रिपाल प्रयोग गर्नु परेको छ ।

साधन र स्रोतको अभावका कारण खाँचीकोटको श्री चन्द्रप्रभा मा.वी डिहिडाँडाको भवनलाई जोगाउन ढुङ्गा जाली प्रयोग गरिएको हो । तर स्थानियबासीहरुले पक्की पर्खाल लगाउनुपर्ने माग गरेका थिए ।
शहरी शासकिय बिकास कार्यक्रमको करिब ४ लाख खर्चमा जाली भरिएको छ ।

यस अगाडि साधन र स्रोतको अभावका कारण यस भवनलाई जोगाउन टोनेल पलास्टिक प्रयोग गर्नु परेको थियो । ।
केही वर्षदेखि पहिरोको जोखिममा रहेको विधालयप्रति जनप्रतिनिधी तथा सम्बन्धित निकाय कसैको ध्यान पुग्न सकेको थिएन् ।

प्रतिक्रिया

खबर सबै