

सभामुखको निर्देशन : मातृका यादवले बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउ



काठमाडौँ
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गरेका केही शब्दहरू संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
शुक्रबारको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदहरूको आपत्तिपछि सभामुखले यादवले बोलेका शब्दहरू हटाउन निर्देशन दिएका हुन् ।
निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरु प्रतिनिधिसभा नियमावली, २०७३ को नियम १ को खण्ड ङ विपरीत भएकाले संसदको रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।
आजको बैठकमा एमालेका प्रमुख सचेत विशाल भट्टराईले ती ‘असंसदीय’ शब्दहरू रेकर्डबाट हटाउन हिजै माग गरेको भए पनि सभामुखले ‘मेरो ध्यानाकर्षण भयो’ मात्रै भनेको तर नहटाएको भन्दै विरोध जनाएका थिए ।
उनले एक माननीयले अर्को माननीयलाई संसदको मर्यादा विपरीत ‘असंसदीय’ शब्दहरू प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
उनले गरिमाय संसद निम्छरा शब्द प्रयोग गर्ने ठाउँ होइन भन्दै संसदको गरिमा जोगाउन ‘असंसदीय’ शब्द हटाउनु पर्ने माग गरेका थिए ।
लगत्तै एमाले अर्का एक सांसदले नियमापत्ति गर्न खोजेका भए पनि कुन नियम भन्ने प्रष्ट नपारेको भन्दै सभामुखले बोल्न समय दिएनन् । यसपछि एमालेका सबै संसादहरू उठेर विरोध जनाएका थिए ।
यसपछि सभामुख सापकोटाले सांसद यादवले बोलेका ‘असंसदीय’ शब्द हटाउन निर्देशन दिए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया