

कोइली नदीले बगायो पशुपतिलाई (भिडियो सहित )



कपिलवस्तु ।
कपिलवस्तुको कोईली नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । अर्घाखाँचीको धारापानी स्थित ४० वर्षिय पशुपति पौडेल नदी तर्ने क्रममा कजवे पुल माथि रहेको उच्च वहावको बाढीले बगाउँदा बेपत्ता भएका हुन ।
अर्घाखाँचीबाट आफ्ना आमा बाबुलाई उपचारका लागि बुटवल लिएर जाँदै गर्दा उनी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइली नदीको कजवे पुलबाट नदीमा खसी बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनी सवार लु २ प ५९०० नम्बरको गाडीबाट ओर्लीएर पैदल नदी तर्ने क्रममा नदीमा खसेका थिए । आफ्ना बुबा र आमालाई औषधी उपचारका लागि वुटवल लैजाने क्रममा बिहिबार कोइली नदीमा आएको बाढीले उनलाई बगाएको हो । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको गोताखोरको टोलीले खोजीकार्य सुरु गरेको हो । बेपत्ता भएका पौडेल सँगै सवार गाडीमा ६ जना रहेका थिए । अन्यको अवस्था भने सामान्य रहेको छ । नदीको वहाव अनुमान गर्न पुलमा गएका उनी नदीमा खसेका हुन ।
भिडियो
https://www.youtube.com/watch?v=hTTluNNUtUs&t=120s


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया