तुल्सीराम–बसन्त स्मृतिमा निर्मित विश्रामालय र खानेपानी धारा उद्घाटन

सागर पौडेल , कपिलवस्तु – तुल्सीराम–बसन्त स्मृतिमा निर्मित विश्रामालयको आज समुद्घाटन गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरमा आज एक कार्यक्रमको आयोजना गरि विश्रामालय र खानेपानी धाराको नगर उपप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको हो ।

2nd pic.jpg

स्वर्गीय वुवा तुलसीराम खनाल र भाई बसन्त खनालको स्मृतिमा उहाँका परिवारका तर्फ ४ लाख २५ हजार लागतका विश्रामालय निर्माण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै नगर उपप्रमुख अर्यालले भगलापुर क्षेत्र बाटोघाटो विकासमा अगाडी रहेको भन्दै नगरका तर्फबाट यस क्षेत्रको विकासमा आफुहरु सदैव लागेको बताएका थिए ।

लक्ष्मणघाटमा वर्षेनी २०,२५ लाख र अन्य विभिन्न क्षेत्रमा रकम विनियोजन भैरहेको बताउदै उनले यो विकासले सरकारको मुख ताक्ने प्रवृत्तिमा केही हदसम्म अन्त्य गरेको बताए ।

3rd pic.jpg

नागरिक र स्थानिय युवाको सकृयामा भएको विकासप्रति खनाल परिवार र सकृय युवाहरु प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । विशिष्ट अतिथि वडाध्यक्ष द्धय सुकदेव थारु र भिष्मराज भुषालले आफुहरु भौगोलिक रुपमा वडा ५ र ६ गरि दुई भएपनी साविक कोपवाको विकासमा एक भएको बताउनुभयो ।

स्थानियले त्यहाँ अवस्थित फिल्ड व्यवस्थापन र संरचना निर्माणमा स्थानिय तहले सहयोग गर्नुपर्ने उल्लेख गरेका थिए । स्थानियबासी एवम्  समाजसेवी युवराज पोख्रेलले युवाले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनी गाउँको विकासमा सर्किय रहन आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै समाजसेवी रिषिराम आचार्यले शव दाह स्थलमा बिश्रामालय र खानेपानीको अति आवश्यक रहेको बेला युवाहरुको अगुवाई र खनाल परिवार र सहयोग दाताहरुको सहयोगले संरचना निर्माण हुनुमा आफुहरु हर्षित भएको बताउनु भयो ।

4th pic.jpg
कार्यक्रम प्रगती टोल विकास संस्थाका अध्यक्ष वेद प्रकास पौडेललेक्रममा विश्रामालय निर्माण गरेर संस्थालाई सहयोग गर्ने खनाल परिवार खानेपानी जडानका लागी सहयोग गर्ने सहयोगदाता र समाजसेवी युवाहरुलाई टोल विकास संस्था र वडाको तर्फबाट सम्मान समेत गरिएको थियो ।  खनाल परिवारले गरेको कार्यको प्रशंसा गर्दै, स्थानिय तहले त्यहाँको सार्वजनिक जग्गा संरक्षण र फिल्ड निर्माणमा तदारुकता देखाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम प्रगती टोल विकास संस्थाका अध्यक्ष वेद प्रकास पौडेललको अध्यक्षता डिल्लीराज आचार्यको स्वागत र सचिव लक्ष्मण खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै