

सरकारी फौजसँगको भीषण भिडन्तपछि कुन्दुज प्रान्त तालिवानको कब्जामा



काबुल, एजेन्सी ।
सरकारी फौजसँगको भीषण भिडन्तपछि तालिवान लडाकु समूहले अफगानिस्तानको सबैभन्दा ठूलो शहरमध्ये एक उत्तरी अफगान शहर कुन्दुज आफ्नो नियन्त्रणमा लिएको अफगान सञ्चारमाध्यमले आइतबार पुष्टि गरेको छ । स्थानीय एक जना अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा शहरको विमानस्थलबाहेक सम्पूर्ण स्थानमा तालिवानले कब्जा गरिसकेको बीबीसीलाई जानकारी दिएका छन् । कुन्दुज शहरको मध्यभागमा तालिवान समूहको झण्डा फहराइरहेको देखिन्छ । त्यहाँ थुप्रै पसल र भवनहरूमा आगजनी गरिएका छन् ।
शुक्रबारयता अफगानिस्तानका चारवटा क्षेत्रीय राजधानी तालिवानको नियन्त्रणमा गइसकेका छन् । लडाकुहरूले अर्को उत्तरी शहर अर्को उत्तरी शहर सार–ए–पुलमाथि आक्रमण शुरू गरेका छन् । तिनीहरूले केही घण्टाको संघर्षपछि नै सजिलैसँग कुन्दुज कब्जा गरेका थिए ।
तर, अफगान सरकारी अधिकारीहरूले भने तालिवानको नियन्त्रणमा पुगिसकेका तथा भिडन्त जारी रहेका शहरहरूमा अझै पनि आफ्ना फौज तैनाथ रहेको दाबी गरिरहेका छन् । अमेरिकी र अन्य अन्तर्राष्ट्रिय फौज अफगानिस्तानबाट फिर्ता गएपछि मुलुकभरि नै हिंसा चर्किन थालेको हो ।
अमेरिकी नेतृतवमा रहेको गठबन्धन फौजले सन् २००१ मा अफगानिस्तानमा आक्रमण गरेर तत्कालीन तालिवान सरकार अपदस्थ गरेको थियो ।
केही सातायता तालिवान समूहको सक्रियता निकै बढ्न थालेको हो । यसअघि, नै तिनीहरूले अफगानिस्तानका ग्रामीण क्षेत्रका थुप्रै भूभाग कब्जा गरिसकेका छन् । पश्चिमको हेरात तथा दक्षिणका कान्दहार र लास्कारगाह शहरमा पनि भीषण संघर्ष जारी रहेका छन् ।
अफगानिस्तानको वर्तमान हिंसात्मक स्थिति र मानवीय समस्यालाई लिएर संयुक्त राष्ट्र संघलगायत अन्य अन्तर्राष्ट्रिय निकायहरूले चिन्ता प्रकट गरिरहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया