

यसरी जिरा खाँदा शरीरको बोसो चाडै घट्छ

लकडाउन, कोरोना सङ्क्रमण आदिले मर्निङ वाक देखि एक्सरसाइज गर्न नपाएको कारण पक्कै पनि तपाईँहरूलाई आफ्नो तौल बढेको महसुस भइरहेको होला ? लगातार तौल बढी रहेको र शरीरमा लागेको बोसो पनि नघटेको कारणले धेरैलाई चिन्ता पनि लागिरहेको होला ?
यस्तो अवस्थामा आफ्नो शरीरको तौल र शरीरमा लागेको बोसोलाई कसरी कम गर्ने भन्ने विषयमा धेरै जना सोची रहनु भएको होला । तपाईँको यो समस्यालाई भान्छामै भएको एक मसलाले समाधान गरिदिन्छ । भान्छामा पकाइने खानाको स्वाद बढाउन बढी जसो प्रयोगमा आउने जिरालाई फरक ढङ्गले सेवन गर्दा तपाईँलाई नै आश्चर्यमा पार्ने गरेर तपाईँको तौल र शरीरमा लागेको बोसोलाई घटाइदिन्छ ।
जिरामा रहेको तत्त्वले शरीरको तौल घटाउन र बोसोलाई पगाल्न मात्र मद्दत गर्दैन । यसको नियमित सेवनले मुटु रोगलाई समेत राम्रो गर्छ । यसका रहेका विभिन्न तत्त्वले पाचन क्रियालाई राम्रो बनाउँछ । जिरामा रहेको तत्त्वले शरीरमा मेटाबोलिजमको मात्रा समेत बढाउन मद्दत गर्छ ।
जिराको सेवन गरेर तौल घटाउन चाहनु हुन्छ भने प्रत्येक बिहान १ चम्चा जिरालाई दुई गिलास पानीमा हालेर उमाल्नुहोस् । उमालेको पानी एक गिलास भएपछि छानेर पिउनु होस् । यदि उमालेर पिउन मन लाग्दैन भने बिहान खालि पेटमा खानु भन्दा अघिल्लो रात जिरालाई पानीमा भिजाएर राख्नुहोस् । यसरी भिजाउँदा पनि जिरामा रहेको सबै पोषक तत्त्व पानीमा घोलिएको हुन्छ । उक्त पानीलाई छानेर खालि पेटमा पिउन सक्नुहुन्छ ।
यो तरिकाबाट निकालेको पानीलाई कति पटक पिएमा तपाईँले सोचे अनुसार आफ्नो तौल र बोसो हटाउन सकिन्छ होला भन्ने जिज्ञासा पनि हुनसक्छ ? यदि तपाई आफ्नो शरीरको तौललाई नियन्त्रण र बोसोलाई कम गर्न चाहनुहुन्छ भने जिरा पानीको सेवन दैनिक बिहान खालि पेटमा गर्ने गर्नुस् । यो बाहेक तपाईँलाई अझ चाडै घटाउन मन छ भने दिनको अधिकतम ३ गिलाससम्म पिउन सक्नु हुन्छ । यसरी अन्य बेलामा पिउँदा सकभर पेट खालि भएको अवस्थामा सेवन गर्नु राम्रो हुन्छ ।
जिरा पनी नियमित रूपमा खाँदा कहिले काहि दिक्क लाग्ने पनि हुनसक्छ । यदि जिरा पानीलाई तपाईँले केही फरक ढङ्गले बनाउनु भयो भने यसको स्वादमा परिवर्तन पाउनुका साथै थप स्वादिष्ट समेत हुनेछ ।
जिरा र दालचिनी
जिरा पानीलाई थप स्वादिष्ट र शरीरमा अझ बढी प्रभावकारी बनाउन जिरा र दालचिनी मिश्रित पानी पनि बनाउन सक्नुहुन्छ । जिराको रस तताएर निकाल्ने बेलामा दालचिनीको टुक्रा वा धुलोलाई त्यसमा हालेर पनि तयार गर्न सक्नुहुन्छ । दालचिनी पनि हाम्रो शरीरलाई निकै नै स्वास्थबर्धक मानिन्छ । यसले हाम्रो शरीरको मेटाबोलिजमलाई बढाउने काम गर्छ भने यसले पनि तौल घटाउन मद्दत गर्छ । दालचिनीमा रहेको एन्टि इम्फ्लेमेटरी गुणले शरीरमा ग्लुकोजको मात्रालाई समेत स्थित बनाउन मद्दत गर्छ । दालचिनी मिलाएको जिरा पानी बनाएर पिउँदा यसको स्वाद अझ बढी स्वादिलो हुन्छ ।
कागती र जिरा
जिरा पानी तयार भएपछि त्यसमा कागतीको रस स्वाद अनुसार हालेर पिउँदा पनि नियमित जिरा पानीको स्वादमा फरकपन आउने गर्छ । कागतीमा रहेको साइट्रिक एसिडले हाम्रो शरीरमा मेटाबोलिजम बढाउन मद्दत गर्छ । कागतीले हाम्रो शरीरमा रहेको क्यालोरीलाई बर्न समेत गर्छ ।
मेथी र जिरा
जिरा पानीको स्वादलाई फरक बनाएर अरू स्वास्थ्य समस्याहरूलाई पनि समाधान गर्ने हो भने मेथी र जिराको रस पनि अर्को विकल्प हो । मेथी र जिरालाई एकै पटक उमालेर छानेर पिउँदा तपाईँले पक्कै पनि फरक स्वाद पाउनु हुनेछ । मेथीमा रहेको गुणले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्न र विभिन्न हार्मोनहरुको समस्यालाई समाधान गर्छ ।
जिरा र एप्पल साइडर
एप्पल साइडर सेवन गर्नुको पनि धेरै फाइदा रहेको छ । कोलेस्ट्रोललाई कम गरी पाचन क्रियालाई राम्रो बनाउने हो भने उमालेको जिरा पानी मनतातो भएपछि एक चम्चा एप्पल साइडर, मह र एक चिम्टी दालचिनी मिसाएर पिउनु भयो भने त्यो रस निकै स्वादिष्ट हुनुका साथै शरीरमा अझ धेरै प्रभावकारी हुने छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया