साउन २७ गते हुने भयो मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल गरिने भएको छ ।

मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभा सचिवालयले साउन २७ गते विशेष अधिवेशन बोलाएको छ ।

सचिवालयले विहिवार एक सूचना जारी गरी २७ गते बुधबार दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया

खबर सबै