

पहिलो टी-ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई हरायो


काठमाडौँ
अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ । मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि शकिब अल हसनले सर्वाधिक ३६ रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो ।
अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए । अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया