

मेलम्चीको भेलमा मिसियो आँसु



काठमाडौं
मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि ढाल्न सकेको थिएन। तर, बाढीले जगदेखि पकलक्क उखेलिएर एकतर्फी ढल्किएको छ दुईतले ढलान घर। त्यही घरको मूल ढोकामै अडेस लागेर बसेको भेटिइन् नाजु।
बाढीले घर मात्रै होइन, त्यही वरपर रहेको खेतबारी पनि बगायो। गाउँका दिदीबहिनी भेट हुँदा होस् वा अरू कोही, बाढीका कुरा निस्किनासाथ उनी भक्कानिन्छिन्। उनको परिवार घरभन्दा माथि रहेको अस्थायी टहरामा आश्रय लिएर बसिरहेको छ। परिवारमा श्रीमान्, दुई छोरा, बुहारी र नातिहरू छन्। हेलम्बु गाउँपालिका–२ गणेश बगरकी उनले पोहोर मात्र २४ लाख ऋण लिएर खेत किनेकी थिइन्। त्यही खेत पनि बाढीले बगायो।
हजुरबाकै पालादेखिको ५० मुरी धान फल्ने खेत पनि बगेपछि सम्पत्तिका नाममा केही बाँकी रहेन। छोराहरू खेतीपातीसँगै ट्राउट माछापालन गर्थे। तर, त्यो पनि बाढीले डुबायो। उनी त्यस दिन छोरीको रोपाइँमा गएकी थिइन्। अपराह्न ४ बजेदेखि खोलाको सतह बढ्न थालेको महसुस गरिन्।
रोपाइँ सकिएर नुहाउन जाँदा खोला धमिलिइसकेको थियो। आफूले किनेको खेतछेउ पो खोला आइपुग्यो कि भन्ने भयो। छोरालाई हेर्न पठाउँदा जान मानेनन्। उनका श्रीमान् र छोराहरू माछा पालेको ठाउँमा कुलो भत्कियो भन्दै उतै लागे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया