

लुम्बिनीका पदमुक्त प्रदेश प्रमुख यादवको बिदाइ



रुपन्देही
संघीय सरकारले पदमुक्त गरेका लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई बुधबार प्रदेश सरकारले बिदाइ गरेको छ ।
बिहान एक समारोहका बीच मुख्यमन्त्री शंकर पोखरेलले पदमुक्त भएका यादवको बिदाइ गरेका हुन् ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश प्रमुख यादवलाई हटाएर उनको स्थानमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।
यादव तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । यादवको कार्यकाल भने सुखद् रहेन ।
पछिल्लो समय विपक्षी गठबन्धनले प्रदेश प्रमुखमाथि सत्तारुढ दलको स्वार्थ बोकेको र प्रदेश सरकारलाई संरक्षण गरेको आरोप लगाउँदै आएको थियो ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो ।
तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए । नाटकीय रुपमा सोही दिन साँझ उनलाई प्रदेश प्रमुख यादवले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आफ्नै निवासमा विपक्षी दलहरुले धर्ना दिइरहेको अवस्थामा सुरक्षाकर्मीको घेरामा बाहिरिएका प्रदेश प्रमुखले सोही रात मुख्यमन्त्रीको कार्यालयमा गएर मुख्यमन्त्री पोखरेललाई शपथ गराएका थिए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया