

कुनै पनि विवादित विषय नल्याउन सरकारलाई चित्रबहादुर केसीको सुझाव



रिसव आचार्य, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि विवादित विषय नल्याउन सरकारलाई फेरि सचेत गराउनु भएको छ । बुधबार भएको पाँच दलीय गठबन्धनको बैठकमा अध्यक्ष केसीले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो कामको भण्डाफोर गर्ने दोहोर्याउँदै विवादित विषय प्रवेश नगराउन आग्रह गर्नुभएको हो ।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राखेपछि केसीले राष्ट्रिय जनमोर्चाका सामु संघीयताको अर्ति उपदेश दिन आवश्यक नरहेको बताउनु भयो । ‘संघीयताको भारी तपाइँहरुले बोकेको हो । राष्ट्रिय जनमोर्चाले होइन’ केसीले भन्नुभयो, ‘संघीयताका कारण उत्पन्न विकृतिको जिम्मेवारी पनि तपाइँहरु नै हो । राष्ट्रिय जनमोर्चाले यसको विरोध र भण्डाफोर गर्छ । हामीलाई संघीयताको अर्ति उपदेश दिन आवश्यक छैन ।’ यस्तै, केसीले अमेरिकी सहयोग एमसीसी अघि नबढाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराउनु भयो । ‘हामीले कुनै पनि विवादित विषय नल्याउन सरकारलाई खबरदारी गरिरहेका छौं । सरकारले एमसीसी अघि बढाउने भन्ने चर्चा सुनिन्छ’ केसीले भन्नुभयो, ‘राष्ट्रको सार्वभौमिकतामाथि असर पार्ने यस्ता गम्भीर विषय अघि नबढाउनुहोस् । यदी सरकारले गलत काम गर्ने हो भने राष्ट्रिय जनमोर्चाले साथ दिँदैन । विरोध र भण्डाफोर गर्छ ।
राष्ट्रियताको रक्षा र शुसासनका विषयमा मात्रै तपाईँहरुलाई हाम्रो साथ रहन्छ ।’ अध्यक्ष केसीले पूर्ववर्ती केपी ओली सरकारले गरेका कमजोरी नदोहोर्याउन पनि सचेत गराउनु भयो । सुरुमै सरकारले स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा विगतकै गल्ती दोहोर्याएको उल्लेख गर्दै यसले जनतामा राम्रो सन्देश नगएको बताउनुभयो ।
उहाँले कोरोनाविरुद्धको खोपका लागि विदेशीको अनुदान र सहयोग पर्खने होइन, सरकारले नै खरिद गर्न तदारुकता देखाउनुपर्ने बताउनुभयो । अनुदान पर्खँदा जनताले वर्षौंसम्म खोप पाउन नसक्ने अवस्थाप्रति उहाँले सचेत गराउनुभयो । यस्तै, केसीले बाढी पहिरोपीडित जनताको तत्काल उचित व्यवस्था गर्न आग्रह गर्नुभयो । बैठकमा १/२ दिनभित्रै मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । अध्यक्ष केसीले आफूहरु सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने स्पष्ट पार्दै प्रतिपक्षको बेन्चबाटै राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने दोहोर्याउनु भएको थियो ।
त्यसक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट बैठकमा सहभागी नेता डा. विजय पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी हुने तर तत्काल नआउने बताउनुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राजमो अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेपाल समूहबाट डा. पौडेल सहभागी हुनुहुन्थ्यो


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया