पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा ईसाझाकुरा प्रवेश ,

ईसाझाकुरा डट कम

प्रधान सम्पादकको भनाई

भरोसा सबैको अनि सबैको साझा भन्ने उदेश्यका साथ साझाकुरा मिडिया ग्रुपद्धारा सञ्चालित इसाझाकुरा डट कम आजदेखि पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको वडा नं. ९ मिडियाको राम्रो पहुँच नपुगेको अवस्थामा हामी वाणगंगा ९ भलवाडमा प्रधान कार्यालय स्थापना गरी मिति २०७७–०४–१४ गतेदेखि विविध रुपमा सञ्चालनमा ल्याएका थियौँ ।

साझाकुरा मिडिया ग्रुपद्धारा सञ्चालित ईसाझाकुरा डटकम डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यका माध्यमबाट समचार, सुचना सन्देश तथा विविध समाग्रीहरु प्रकाशन गदै आएका छौँ । ईसाझाकुरा डटकम नेपाली संस्करणमा प्रकाशित हुँदै आएको अवगत गराउन चाहान्छौँ । । विश्वभरिबाट सिधै लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत लाखौं पाठकहरु हामीसँग जोडिनुभएको छ ।

छिनछिनका ताजा समाचार, खोजमूलक सामग्री, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु अनि सामयिक विचार र अन्तरसंवाद हामीले पाठकसमक्ष प्रकाशन गदैँ आएका छौं । विश्वभर छरिएका नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि हाम्रो प्राथमिकतामा पर्दै आएका छन् ।

सबैलाई थाहा भएकै विषय हो, कोभिड–१९ को महामारीका कारण सबै क्षेत्रका उद्योग व्यवसायहरु धराशयी बनेको अवस्था छ । यसको असर मिडिया उद्योगहरुमा पनि स्वाभाविकरुपमा परेकै छ । कयौं पत्रिकाहरु बन्द भएका छन् भने पत्रकारहरू बेरोजगार बन्नुपर्ने अवस्था छ । तथापि हामीले कोरोनाको पहिलो लहरलाई सहजै जित्यौं । यो दोस्रो लहरको पनि हामी यसैगरी सामना गर्न र आम पाठकहरुको सेवामा अहोरात्र योगदान गर्न सक्षम छौं भन्ने सबैमा विश्वास दिलाउन चाहन्छौं ।

एक वर्षको यात्रामा हामीले ईसाझाकुरा लाई जुन ठाउँमा ल्याएका छौं, हामी यत्तिमै सन्तुष्ट छैनौं । समाचार सामग्रीहरुको विविधता एवं थप व्यवसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष्य रहेको छ । यसका लागि हामीले सक्रिय पत्रकारहरुको टिम निर्माण र उनीहरुको वृत्ति विकासमा विशेष जोड दिने नीतिलाई आगामी दिनमा निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउन चाहन्छौं । यसका लागि संस्थामा आवद्ध पत्रकार र कर्मचारीहरुको आन्तरिक क्षमता अभिवृद्धिमा जोड दिने हाम्रो नीति रहेको छ ।

पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी प्रश्न गर्छौं र जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौँ । पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उत्तीर्ण हुँदै जाने छौं भन्ने हामीलाई विश्वास छ ।

हामी नराम्रोलाई राम्रो र राम्रोलाई नराम्रो भन्दैनौँ । पेशाप्रतिको व्यवसायिक निष्ठामा हामी प्रतिवद्धता रहँदै आएका छौं । जनताको अभिभावकका रुपमा रहेको सरकार र राज्यका निकायहरुप्रति खबरदारी गर्नु र प्रश्न उठाउनु पत्रकारिताको पेशागत धर्म नै हो । र, यो नै ईसाझाकुरा डट कमको आफ्नो पहिचान पनि हो ।

आगामी दिनमा ईसाझाकुरा डट कमलाई अझै लोकप्रिय, परिस्कृत, भरपर्दो एवं विश्वसनीय मूलप्रवाहको अनलाइन सञ्चार माध्यमका रुपमा विकसित गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरुको निरन्तर सहयोग र पृष्ठपोषणको अपेक्षा गर्दछौं ।

नवराज बेल्वासे
प्रधान सम्पादक
साझाकुरा मिडिया ग्रुप प्रा.लि

 

प्रतिक्रिया

खबर सबै