

इनार खन्दा भेटियो झन्डै १२ अर्बको नीलमणि



एजेन्सी
श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।
बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।
विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्।
‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन्।
गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए। त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।
रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन्। श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो। गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो।
अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ।
‘मैले यति ठूलो नीलमणि यसअघि कहिल्यै देखेको थिइनँ। यो लगभग ४० करोड वर्ष पहिला बनेको हुनुपर्छ,’ रत्नविज्ञ डाक्टर गामिनी जोइसाले भने।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया