

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कुराकानी : थप खोप सहयोग गर्न आग्रह



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग थप खोप सहयोग गर्न आग्रह गर्नुभएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी जाेन ब्लिंकेनसँग हिजो बेलुका भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री देउवाले खोप सहयोग गर्न आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज उपलब्ध गराएकोमा अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोग साथै जलवायु परिवर्तनका बारेमा उहाँहरुबीच संवाद भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारतको दुई दिने भ्रमणका क्रममा रहेका ब्लिंकेनले प्रधानमन्त्री देउवालाई टेलिफोन गर्नुभएको हो । उहाँहरु नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले पनि द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ । त्यसका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया